Comments Add Comment

राहत दुरुपयोग गर्नेलाई जेल हाल्छु : प्रधानमन्त्री कोइराला

११ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितहरुको निमित्त आएको राहत रकम र सामग्रीको दुरुपयोग गर्नेहरु जेल जाने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान विभिन्न बैक र संघ-संस्थाबाट राहत ग्रहण गर्दै कोइरालाले भने, ‘पीडितलाई आएको पैसाको दुरुपयोग भन्दा ठूलो अपराध केही हुँदैन । म त जेलमै हालिदिन्छु ।’

विपदको यो घडीमा पीडितहरुको नाममा आएको राहत सबै कहाँ पुगोस् भन्नेमा सरकार सचेत रहेको बताउदै प्रधानमन्त्री कोइरालाले दाताहरुले पनि आफ्नो सहयोग पुगे नपुगेको निगरानी गर्नुपर्ने बताए । उनले सरकारका निकायले पनि यसमा निगरानी गरिरहेको जानकारी दिए ।

सोमबार प्राइम बैंकले ५० लाख, निक्षेप तथा कर्जा सुरक्षण निगमले २७ लाख, सुन चाँदी व्यवसायी संघले २५ लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

यस्तै दीपंकर फाउण्डेशनले १० लाख, काष्ठमण्डप विकास बैंकले ५ लाख र चलचित्र विकास बोर्डले ५ लाख रुपैयाँ प्रदान गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment