Comments Add Comment

हेम-सरिता पाठक पुरस्कारको राशी भूकम्प पीडितलाई

११ जेठ, काठमाडौं । हेम-सरिता पाठक एकेडेमीले प्रदान गर्दै आएका विभिन्न चार विधाका पुरस्कारको राशी यस वर्ष नेपालका भूकम्प पीडितका लागि खर्च गरिने भएको छ ।

Hem-Sarita-Pathakअमेरिकाको टेक्सासमा स्थापित एकेडेमी सञ्चालक समितिको बैठकले यस वर्ष प्रदान गर्ने सबै विधाका गरी छ हजार डलर राशीका पुरस्कार रकममा केही थप गरी मानवीय राहतमा जुट्ने निर्णय गरेको हो ।

एकेडेमीले हरेक वर्ष पत्रकारिता विधामा तीन हजार डलर राशीका तीन पुरस्कार तथा साहित्यमा दुई हजार डलर र संगीतमा एक हजार डलर गरी छ हजार राशीका पुस्कार स्थापना गरी विगत पाँंच वर्षदेखि वितरण गर्दै आएको थियो ।

यसवर्षको पुरस्कार प्रदानका लागि छनौटको गृहकार्य हुँंदै गर्दा नेपालमा महाविपत्ति आएकाले पुरस्कारको राशी भूकम्प पिडितको सेवामा खर्च गर्ने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।

‘यसवर्ष भूम्पका कारण न्यूनतम मानवीय सुविधाबाट विमुख भएका नागरिकहरुको घाउमा मलहम लगाउने निष्कर्षमा पुगेका छौं,’ एकेडेमीका प्रमुख संरक्षक हेमप्रसाद पाठकले वक्तव्य जारी गर्दै भनेका छन्, ‘आगामी वर्ष पुरस्कारले निरन्तरता पाउने छ ।’

एकेडेमीले दुई हजार डलर राशीको टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार, पाँच-पाँच सय डलर राशीका टंकप्रसाद-रमादेवी प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । भ्रष्टाचार विरोधी र सुशासनको पक्षमा कलम चलाउने, साहित्य र संगीत सिर्जना गर्ने व्यक्तिहरु पुरस्कृत हुँदै आएका छन् ।

टंकप्रसाद-रमादेवी पत्रकारिता पुरस्कारबाट हालसम्म जिवेन्द्र सिम्खडा, तीर्थ कोइराला, हरिबहादुर थापा, राजन शर्मा र रविन्द्र मिश्र सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment