Comments Add Comment

महानगर कार्यकारी अधिकृत तण्डुकार हटाइए

११ जेठ, काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारलाई हटाएको छ ।

Purna Bhakta Tandukarमहाभूकम्पको बेला पदीय जिम्मेवारी अनुसार प्रभावकारी रुपमा काम नगरेकेा भन्दै स्थानीय विकास मन्त्रालयले तण्डुकारलाई मन्त्रालयमा काज सरुवा गरेको हो ।

तण्डुकारले महानगरको विपद व्यवस्थापनका लागि चेन अफ कमाण्ड अनुसार मातहतका कार्मचारलाई काम गराउन नसकेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।

मन्त्रालयले भूकम्प लगतै खुला ठाउँमा बसेका मानिसहरुलाई आधारभूत व्यवस्थापन गर्न निर्देशन दिएको थियो । तर, अस्थायी शिविर व्यवस्थापन लगायतको काम समेत गर्न नसकेको बताइएको छ ।

कार्यकारी अधिकृतमा नयाँ नियुक्ति भएको छैन । मन्त्रीस्तरीय निर्णयबाट महानगरमा कार्यकारी अधिकृत नियुक्ति र हटाउन मिल्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment