Comments Add Comment

नेपाली किशोर फुटबल टीमले अफगानिस्तानलाई हरायो

Nepal-U-14-Football

११ जेठ, काठमाडौं । एएफसी यू-१४ रिजनल फेस्टिबल फुटबलमा नेपालले दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

ताजकिस्तानमा भएको खेलमा नेपालका लागि ४७ औं मिनेटमा रेनिज सुब्बाले गोल गरे । सुब्बाले नै नेपालका लागि दोस्रो गोल गरे ।

आफ्नो पहिलो खेलमा नेपाली किशोर टीमले पाकिस्तानलाई ३-० ले पराजित गरेको थियो । नेपालले मंगलबार ताजकिस्तानसँग खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment