Comments Add Comment

टी-२० विश्वकप छनोटको तयारीका लागि नेपालले धर्मशालामा अभ्यास गर्ने

Nepali-cricket-team

११ जेठ, काठमाडौं । टी-२० विश्वकप क्रिकेट छनोटको तयारीका भारत जाने नेपाली राष्ट्रिय टोलीले हिमाञ्चल प्रदेशको धर्मशालामा अभ्यास गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले धर्मशाला उपलब्ध गराएको हो ।

नेपाली टोली आगामी आइतबार दिल्ली प्रस्थान गर्नेछ । नेपाली टोलीले दुई साता अभ्यास गर्नेछ । क्यानले २२ सदस्यीय प्रारम्भीक टीम घोषणा गरेको छ ।

गत वैशाख १२ को विनाशकारी भूकम्पपछि बीसीसीआईले विश्वकप छनोटको तयारीमा नेपाललाई सघाउने प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment