Comments Add Comment

रियल मड्रिडका प्रशिक्षक एन्सेलोटी बर्खास्त

Carlo Ancelotti

१२ जेठ, काठमाडौं । रियल मड्रिडले प्रशिक्षक कार्लो एन्सेलोटीलाई बर्खास्त गरेको छ ।

यो सिजन प्रमुख उपाधि जित्न असफल भएपछि रियलले ५५ वर्षका इटालियन एन्सेलोटीलाई बर्खास्त गरेको हो । गत सिजन एन्सेलोटीको प्रशिक्षणमा रियलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

तर, यो सिजन सेमिफाइनलमा युभेन्टससँग पराजित भयो भने ला लिगामा दोस्रो स्थानमा रह्यो । यो सिजन रियलले क्लब वल्र्डकप मात्र जित्यो ।

बोर्ड बैठकपछि क्लबका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले अर्को साता नयाँ प्रशिक्षक नियुक्त गर्ने बताएका छन् । एन्सेलोटीले के गल्ती गरे थाहा नभएको भन्दै उनले भने–यो सहज निर्णय थिएन ।’

नापोलीका प्रशिक्षक राफेल बेनिटेज रियल मड्रिडको प्रशिक्षक बन्ने सम्भावना छ ।

रियलबाट बखास्र्त हुनु अघि एन्सेलोटीले भने आफूलाई इंग्ल्याण्ड, इटली र जर्मनीबाट अफर आएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment