Comments Add Comment

यो हो स्वर्ग जाने भर्याङ, चढ्न मनाही छ

mark-payton

झण्डै ४ हजार खुटि्कला भएको एउटा भिमकाय भर्याङ, जसलाई स्वर्गको सिँढी पनि भनिन्छ । यो भर्याङ चढ्नु गैरकानूनी हो, तर दैनिक सयौँ मानिस यो भर्याङ चढ्नकै लागि आउँछन् ।

अमेरिकाको हवाई राज्यमा रहेको यो अद्वितीय भर्याङ ओवाहु टापुको भ्याली अफ हेकुदेखि पु उकेहिकाहु नामको पहाडको ७ सय ५६ मिटर उचाइको चुचुरोसम्म ठडिएको छ ।

यो भर्याङ सन् १९४०को दशकमा निर्माण गरिएको हो । अमेरिकी जल सेनाको रेडियो एन्टेना राख्नका लागि यसको निर्माण भएको थियो । अहिले पनि त्यहाँ २ लाख वाटको रेडियो ट्रान्समिटर र एन्टेना देख्न सकिन्छ । तर अहिले यो पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ ।

हैकु भर्याङलाई मर्मतका लागि भनेर सार्वजनिक प्रयोगमा रोक लगाइएको छ । तर मानिसहरु भने ठूलो संख्यामा जबरजस्ती यो भर्याङ चढिरहेका हुन्छन् । यसका सुरक्षा गार्डले पनि रोक्न सक्दैनन् । भर्याङको टुप्पोबाट साँच्चीकै स्वर्गसरी सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । र अर्को कुरा यो लामो भर्याङ चढ्नु आफैमा जोखिमपूर्ण छ र बीचमा कुनै दुर्घटनामा परेमा वा चिप्लिएमा सिधै स्वर्ग जाने सम्भावना पनि कायमै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment