Comments Add Comment

भैँसीसँग डराएर यसरी रुख चढ्यो सिंह (फोटो फिचर)

lion 1

जंगलको राजा भनेर के गर्नु ? आफ्नै सिकारहरुबाट डराएर टाङमुनि पुच्छर लुकाउँदै ज्यान जोगाउन रुख चढ्नु परेपछि । एउटा कातर सिंहको यस्तै अनौठो तथा रोचक तस्वीर सार्वजनिक भएको छ, जहाँ भैँसीका बथानसँग डराएर एउटा शेर रुख चढेको छ र अलिबेर रुखमा बसेपछि फुत्त झरेर कुलेलम ठोकेको छ ।

केन्याको मासाइ मारा वन्यजन्तु आरक्षमा पूर्व आर्मी ६३ वर्षीय चाल्र्स कोम्यनले श्रीमतीसँग घुमफिर गर्न गएको बेलामा यो अद्वितीय क्षणलाई आफ्नो क्यामरामा कैद गर्न सफल भएका हुन् ।

उनीहरु जंगली भैँसीको बथान नजिकै थिए । भैँसीको बथान नयाँ जन्मिएको पाडोको सुरक्षाका लागि एकैठाउँ जम्मा भएका थिए । वातावरण शान्त थियो । तर एकाएक त्रस्त भयो । एउटा भाले सिंह भैँसीको बथानतर्फ धावा बोल्ने शैलीमा आयो । भैँसीका बथानहरु अलि सतर्क भए अनि हिम्मत जुटाएर सबै मिली उक्त सिंहलाई लखेट्न थाले ।

lion 2

जमिनमा भागेर मात्र ज्यान जोगाउन नसकिने ठानेपछि सिंह नजिकैको रुखमा फुत्त चढ्यो । भैँसीका बथान पनि के कम ? सिंह झर्ला र सिङले रोपौँला भनेर रुखको फेँद घेरेर बसे ।

रुखमा धेरै बेर झुण्डिइरहँदा सिंहलाई थकाइ लागेछ क्यारे । विस्तारै तल र्झन थाल्यो अनि फेँदमा झुम्मिएका भैँसीका बथानलाई केही तर्साएजस्तो गरी फुत्त भुइँमा झरेर सुइँकुच्चा ठोक्यो र नजिकैको झाडीमा हरायो ।
फोटोग्राफर कोम्यन उक्त क्षण रौँ ठाडो हुने खालको त्रासदीपूर्ण क्षण रहेको भन्दै निकै चामत्कारिक तथा बिर्सनै नसकिने खालको क्षण रहेको बताउँछन् ।

lion 3

lion 4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment