Comments Add Comment

हात मिलाउने तरिकाबाट थाहा हुन्छ मृत्युको खतरा

hand cheak

कोही मानिससँग भेटघाट हुँदा हात मिलाउनु आम रुपमा चलन चल्तीको शिष्टाचार हो । तर हात मिलाउनु केवल शिष्टाचारमा मात्र सिमित रहेन, यसले तपाइँको मृत्यु तथा स्वास्थ्यको विषयमा जानकारी प्रदान गर्ने एक अनुसन्धानले देखाएको छ ।

ल्यासेन्ट मेडिकल जर्नलमा प्रकाशित शोध अनुसार हात मिलाउँदा मान्छेको शक्ति जति कमजोर हुन्छ उसको स्वास्थ्य सम्बन्धि खतरा उति नै बढि हुन्छ । निकै कमजोर पाराले हात मिलाउने मानिसमा हृदयाघात तथा मस्तिष्कघातको खतरा बढि हुने शोधकर्ताको निष्कर्ष छ । त्यसैले कमजोर तरिकाले हात मिलाउने मानिसमा अकाल मृत्यु तथा गम्भीर बिमारीको पूर्वानुमान लगाउन सकिन्छ ।

शोधकर्ता टोलीका प्रमुख डाक्टर ड्यारेल लियांग भन्छन्, ‘हात मिलाउनु यस्तो प्रक्रिया हो जसको माध्यमबाट कुनैपनि व्यक्तिको मृत्युको खतरा तथा अन्य रोगहरुको बारेमा पनि आँकलन गर्न सकिन्छ । यद्यपि यो मामिलामा अझै अनुसन्धानको खाँचो छ की हातका मांशेपेशी बढाएर दहि्रलो रुपमा हात मिलाउँदा खतरा कम हुन्छ वा हुँदैन ।’

१७ देशका करीब १ लाख ४० हजार मानिसमा ४ वर्षसम्म यो अध्ययन गरिएको थियो, जसको उमेर ३५ देखि ७० वर्षसम्मको थियो । हात मिलाउने समयमा मानिसहरुको शक्तिको मापन गर्नका लागि विशेष खालको उपकरणको प्रयोग गरिएको थियो । तथ्यांक अनुसार हात मिलाउने समयमा समात्दाको बखत लगाउने शक्ति अर्थात् गि्रप स्ट्रेन्थ ५ किलो भन्दा कम भएमा मुटु तथा अन्य समस्याबाट हुने मृत्युको खतरा १७ प्रतिशत सम्म बढ्न सक्छ ।

अध्ययन अनुसार हात मिलाउँदाको बखत निकै अल्छी कमजोर पाराले हात अघि बढाउने मानिसहरुमा हृदयाघात, मस्तिष्क घात, क्यान्सर जस्ता रोगबाट बिरामीको मृत्यु हुने खतरा बढि हुन्छ । आखिर हात मिलाउने लगाउने शक्तिको सम्बन्ध मुटु तथा सरीरको समग्र स्वास्थ्यमा किन रहन्छ ? भन्ने विषयमा भने थप अध्ययनको आवश्यकता रहेको शोधकर्ताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment