Comments Add Comment

गुगलले बनाउँदैछ नयाँ अपरेटिङ सिस्टम ‘ब्रिलो’

A Google Inc member of staff walks through the company headquarters in London, U.K., on Wednesday, Aug. 18, 2010. The German government will create a legal framework for consumer data protection in the Internet this year, reacting to a debate about the introduction of Google Inc.'s Street View service. Photographer: Simon Dawson/Bloomberg via Getty Images

इन्टरनेट जाएन्ट गुगलले ती सबै डिभाइसहरुमाथि कब्जा जमाउन चाहन्छ जो इन्टरनेटसँग जोडिएका होउन् । चाहे ती डिभाइसको स्क्रिन डिजिटल होस् वा नहोस् ।

दी इन्फर्मेसनको रिपोर्ट अनुसार गुगल अहिले एक नयाँ अपरेटिङ सिस्टमको निर्माणको जुटिरहेको छ । उक्त रियल टाइम अपरेटिङ सिस्टमको कोड नाम ‘बि्रलो’ राखिएको छ ।

यो निकै सानो अपरेटिङ सिस्टम हुने र त्यसलाई स्टोर गर्नका लागि केवल ३२ देखि ६४ एमबीको र्याम पर्याप्त हुनेछ । यो अपरेटिङ सिस्टमलाई सानो उपकरण इन्टरनेट अफ थिंग्स (आइओटी) डिभाइसमा प्रयोग गर्न सकिनेछ ।

यो नयाँ अपरेटिङ सिस्टम पनि एन्ड्रोइडकै ब्राण्डमा रिलिज गरिने विश्वास गरिएको छ किनकी कम्पनीको एन्ड्रोइड युनिटसँग सम्बन्धित समूहले नै यो अपरेटिङ सिस्टमको निर्माण गरिरहेको छ । यदि यो नयाँ अपरेटिङ सिस्टमलाई एन्ड्रोइडकै नामबाट जारी गरियो भने त्यसबाट एन्ड्रोइडको पछिल्लो भर्सनको मेमोरी क्षमता भन्दा निकै कम हुनेछ । एन्ड्रोइडको सबैभन्दा पछिल्लो भर्सनले ठीकसँग काम गर्नका लागि ५ सय १२ एमबी र्याम ओगट्छ ।

फच्र्युनमा छापिएको समाचार अनुसार बि्रलो गुगलको हार्डवेयर डिभिजनको रुपमा रहेको नेष्ट डिभिजनको उत्पादन नभएको गुगलले प्रष्ट पारेको छ । तर यो अपरेटिङ सिस्टमले नेस्ट डिभाइसमा पनि काम गर्नेछ । घरेलु थर्मोस्टाट लगायतका उपकरण बनाउने कम्पनी नेस्टलाई गुगलले सन् २०१४ मा खरीद गरेको हो ।

गुगलले उत्पादन गर्न लागेको बि्रलो नामक रियल टाइम अपरेटिङ सिस्टम स्मार्ट लक्स, सेन्सर जस्ता आइओटी डिभाइसमा व्यापक प्रयोग गर्ने अपेक्षा गरिएको छ । डिभाइस निर्माताहरुलाई मेमोरी तथा सेक्युरिटटी सम्बन्धि डाटाको पहुँचका लागि समेत बि्रलोको प्रयोग गर्न गुगलले अनुरोध गर्ने फच्र्युनले उल्लेख गरेको छ ।

यद्यपि यस्तो अपरेटिङ सिस्टम उत्पादनमा काम गर्ने गुगल एक्लो पात्र होइन । सामसुङले पनि यहीँ लक्ष्यका साथ टाइजेन अपरेटिङ सिस्टमलाई बजारमा उतारेको थियो । यद्यपि यसले खासै सफलता प्राप्त गर्न सकेन र केवल सामसुङ टेलिभिजनमा मात्र सिमित रह्यो ।

यसको साथै एप्पललको होमकिट पनि एउटा यस्तो प्रणाली हो जसका माध्यमबाट प्रयोगकर्ताहरुले आफ्नो आइफोनबाट स्मार्ट बल्ब, स्मोक अलार्म आदिसँग सम्पर्क स्थापित गर्न सकिन्छ । होमकिटलाई हायर, वाइथिंग्स, फिलिप्स, आइडिभाइसेज, बेल्किन, हनिवेल तथा क्विकसेट जस्ता उत्पादकको साथ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment