Comments Add Comment

एप्पलका डिजाइन गुरुको बढुवा

jony ive

आइफोन निर्माता कम्पनी एप्पलले कम्पनीका डिजाइनर जोनी इभको बढुवा गरेको छ । एप्पलका डिजाइनर गुरु भनेर चिनिने बेलायती नागरिक जोनी इभलाई मुख्य डिजाइन अधिकृतमा बढुवा गरिएको हो ।

यसअघि उनी डिजाइन विभागका वरिष्ठ उपाध्यक्षको पदमा कार्यरत थिए । जोनी इभ नामले चिनिने सर जोनाथन इभले एप्पलका कतिपय सर्वाधिक लोकपि्रय ग्याजेटको डिजाइन गरेका थिए । उनी सन् २०१२ मा डिजाइनरको रुपमा एप्पलमा नियुक्ति पाएका हुन् ।

एप्पलका कर्मचारीका लागि वितरण गरिएको आन्तरिक मेमोमा प्रमुख कार्यकारी टिम कुकुले चिफ डिजाइनर अफिसर जोनीको नयाँ भूमिका अनुसार उनी अब केवल एप्पलका डिभाइसहरुको डिजाइनमा मात्र सिमित रहने छैनन् । कम्पनीका खुद्रा पसलहरु, क्यालिफोर्निया क्याम्पस तथा अफिस फर्निचरको डिजाइनको जिम्मा पनि उनै रहनेछ ।

एप्पलले १२ हजार कामदार अटाउने एक नयाँ वृत्ताकार कार्यालय बनाउँदैछ । नयाँ भूमिकासँगै अब जोनी एप्पलका वर्तमान डिजाइन परियोजना, नयाँ अवधारणा तथा भविष्यका प्रयासमा पूर्ण रुपमा केन्दि्रत हुने कुकले बताएका छन् ।

वर्तमान पुस्तामा जोनी सबैभन्दा क्षमतावान डिजाइनर रहेको भन्दै कुकले उनको नाममा ५ हजार डिजाइनको प्रतिलिपि अधिकार सुरक्षित रहेको बताए ।

समाचार अनुसार एप्पलले आफ्नो नयाँ कार समेत निर्माण गर्दैछ र त्यसको डिजाइन पनि जोनीले नै गर्ने बताइउको छ ।

जोनीले जुलाइबाट नयाँ पदभार सम्हाल्नेछन् भने उनका सहकर्मी रिचार्ड होवार्थले औद्योगिक डिजाइन विभागको प्रमुखको रुपमा कार्यभार सम्हाल्ने बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment