Comments Add Comment

ऐश्वर्याको प्रेमी बन्दै रणबीर

ash-ranbir-759

मुम्बई । कटि्रना केफसँग गुपचुप रोमान्स गरिरहेका रणबीर कपुरले अब ऐश्वर्या रायलाई प्रेम गर्ने भएका छन् । निर्देशक करण जौहरले रणबीरलाई ऐश्वर्यासँग प्रेम गर्ने मेसो मिलाइदिएका हुन् ।

जौहरकै निर्देशनमा बन्ने नयाँ चलचित्र ‘ए दील है मुस्किल’मा ऐश्वर्या र रणबीर प्रेमी प्रेमिकाको रुपमा देखिने भएका छन् । यसमा अनुष्का शर्माले पनि मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । ऐश्वर्याको भनाई अनुसार यो फिल्म एउटा रोमान्टिक प्रेमकथा हो ।

‘जज्बा’ वाट पुनः अभिनयमा प्रवेश गरेकी ऐश्वर्याको अब राम्रो फिल्ममा मात्रै काम गर्ने योजना छ । विगतमा पनि उनले अभिनयमा राम्रै छाप पारेकी थिईन् ।

देबदास, रेनकोट, धुम, रोबट, गुजारिस जस्ता फिल्ममा फरक चरित्र निर्वाह गर्न पाएको उनको भनाई थियो । ‘म एकदमै आभारी छु, मैले छोटो समयमा निकै फरक चरित्र निर्वाह गर्ने अवसर पाएँ ।’

आमा बनेपछि पनि आफुमा कुनै परिवर्तन नआएको उनको भनाई थियो । हरेक कार्यक्रममा जाँदा छोरी अराध्याको याद आउने भएपनि अभिनयमा कुनै फरक नपर्ने उनले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment