Comments Add Comment

नेपालका भूकम्प पीडितलाई ८ वर्षीय बालकले जुटाए ३५ हजार डलर

Neev-Saraf

न्यूयोर्क । अमेरिकामा रहेका एक बालकले नेपालका भूकम्प पीडितका लागि क्राउड फन्डिङबाट ३५ हजार डलर जम्मा गरेका छन् ।

आठ वर्षका नीव सराफ मेरिल्याण्डमा बस्छन् । उनले क्राउड फन्डिङ वेबसाइट क्राउड राइजबाट यो रकम जम्मा गरेका हुन् । उनले भने-‘मेरो आमाबुबा नेपालबाट आएका हुन् । म संकटको समयमा नेपाललाई सहयोग गर्न चाहन्थेँ । तर, यति पैसा जम्मा हुन्छ भनेर मैले सोचेको थिइँन ।’

नीवका बुबा प्रकाशका अनुसार सुरुमा १/२ हजार डलर जम्मा हुने अनुमान गरिएको थियो । तर, अहिले ३५ हजार बढी जम्मा भएको छ ।

Neev-Saraf-fund

नीवले नेपालका भूकम्प पीडितलाई मदतका लागि आफ्नो जन्मदिन २४ मेसम्म २५ हजार डलर जुटाउने लक्ष्य राखेका थिए । यसका लागि उनले क्राउड फण्डिङ पेज बनाए र ३५ हजार डलर जम्मा भएको छ ।

यो रकम अमेरिकी मेडिकल फउन्डेसनको खातामा दिइने नीवको योजना छ ।

फउण्डेसनका डा. सन्तोष सापकोटाका अनुसार अहिलेसम्म नेपालका लागि आठ लाख डलर जुटेको छ । उनले भने-नीव हाम्रो नयाँ शुभचिन्तक हुन् । उनको सहयोग हाम्रा लागि बहुमूल्य छ । उनीमाथि हामीलाई गर्व छ ।’

अमेरिकी मेडिकल फउन्डेसनले नीवलाई आफ्नो संगठनको आजीवन सदस्यता दिएको छ । डा. सापकोटाले भने-नेपालमा भूकम्प पीडितका लागि काम गर्नु चुनौतीपूर्ण छ । हामी नेपाल सरकारसँग मिलेर स्वास्थ्य सेवा दिन काम गरिरहेका छौं ।’

नीवले पनि आगामी दिनमा पनि नेपाललाई सहयोग जारी राख्ने बताएका छन् । उनले भने-नेपालबासी तपाई मजबुत हुनुस्, हामी सबै तपाईको साथमा छौं ।’

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment