Comments Add Comment

घर घरमा ‘किचन बम’, सुइँको पाउँदैन प्रशासन

१२ जेठ, सुनसरी । नियमनकारी निकाय आफैमा चुप लागिदिदा र उपभोक्तासमेत सचेत नहुदा नेपाल सरकारले बिक्री वितरणमा प्रतिवन्ध लगाएको साना आकारका सिलिन्डरहरु पुनः पूर्वका बजारहरुमा देखिन थालेका छन् । बजार अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय तथा घरेलु उद्योगका कर्मचारीहरु भूकम्प पीडितलाई राहत बाँड्न गएको मौका छोपी ब्यापारीहरुले साना आकारका सिलिण्डरको विक्री वितरणलाई तिब्रता दिएका छन् ।

Small-Cylinder

साना आकारका सिलिन्डरहरु प्रयोगमा खतरा रहेको भन्दै नेपाल सरकारले यस्को बिक्री बितरणमा रोक लगाउदै आएको छ । यसलाई ‘किचन बम’को संज्ञा दिइएको छ । तर नियमनकारी निकायले नियमित बजार अनुगमन नगर्दा र अनुगमनको बेला पक्राउ परेका ब्यापारीहरुलाई कडा कार्वाही गर्न नसक्दा साना सिलिण्डरहरु फेरी छ्याप्छ्याप्ती देखिन थालेका छन् ।

पूर्वको केन्द्र मानिएको इटहरीलाई ब्यापारीहरुले साना सिलिण्डर बिक्री गर्ने मुख्य अड्डाको रुपमा लिँदै आएका छन् । बाटैमा प्रहरी कार्यालय छ तर प्रशासनकै आँखा अघि साना आकारका सिलिण्डर निर्वाधरुपमा बिक्री वितरण भइरहेको छ । हेर्दा सानो र चिटिक्क देखिने तथा कम लागतमा उत्पादन समय टिकाउने हुँदा कम आर्थिकस्तर भएका उपभोक्ताहरुले यस प्रकारका सिलिण्डरहरु प्रयोग गर्ने गरेका छन् ।

बजार अनुगमनको जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय सुनसरी भने आफ्नो क्षेत्रमा भएको कालोबजारी तथा गैरकानुनी कामको बिषयमा केही जानकारी नभएको बताउँदै आएको छ । यतिबेला सिंगो राष्ट्र भूकम्प पीडितहरुको उद्धार र राहतमा खटिएको कारण साना तिना कुराहरुमा ध्यान नगएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ बताउँछन् ।

यसरी भित्रिन्छ अवैध सिलिण्डर

नेपाल भारतबीचको मैत्रीपूर्ण सम्बन्धको फाइदा उठाउँदै भारतीय नाकाहरुमा रहेका नेपाली तथा भारतीय सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस्ता साना आकारका सिलिण्डरहरु भित्रिने गरेको स्रोतको भनाइ छ । नेपालका ब्यापारीहरुसंग अगि्रम कन्ट्याक गरी रातको समयमा सुनसरीको भारतीय नाका हरीपुर, भुटाहा, कोशी ब्यारेज, भण्टावारी, जोगवनीलगायतका नाकाहरुबाट यस्ता अवैध सिलिण्डरहरु भित्रिने गरेका छन् ।

प्रयोगमा ल्याउदा ज्यान जोखिम हुन्छ भन्ने ज्ञान हुदाहुदै उपभोक्ताहरु पनि रकम जोगाउने आसमा साना आकारका सिलिण्डरमा आकर्षित हुन्छन् ।

– तेज बनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment