Comments Add Comment

भूकम्पबाट सुरक्षित रहने तरिका सिक्दै एसएलसी सुन्दरी

slc-sundari
धरान जेसिजले आयोजना गर्न लागेको ‘मिस एसएलसी’ प्रतियोगीताका सहभागीहरु विभिन्न सामाजिक कार्यमा सक्रिय देखिएका छन् ।

एसएलसी दिएर बसेका १८ किशोरीलाई आयोजकले वृद्धाश्रममा पुगेर सेवा गर्ने, मन्दिर सरसफाई गर्ने जस्ता सामाजिक कार्य गराएको छ भने प्रकोप पीडितलाई उद्धार गर्ने र आत्म सुरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ ।

देशमा भूकम्प, हावाहुरी र बाढि पहिरो जस्ता प्रकोपले दुख दिईरहेका बेला त्यस्तो बेला कसरी सुरक्षित रहने र के गर्ने भनेर सचेत गराउन धरान जेसिजले नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा एसएलसी दिएर बसेका १८ किशोरीलाई प्रकोप व्यवस्थापन प्रशिक्षण दिएको हो । ‘सहरमा भूकम्पको खतरा, पहाडमा पहिरो, तराईमा बाढिको खतरा छ । नेपाल जोखिमै जोखिमको देश हो ।’ नेपाल रेडक्रस सोसाईटी सुनसरीका उपसभापति डम्बर सिग्देलले भने ‘तर सुरुमै सचेत भएर विपत्तीको व्यवस्थापन गर्न सके धेरै हदसम्म सुरक्षित रहन सकिन्छ ।’

एसएलसी दिएर बसेका किशोरीलाई लक्षित गरेर धरान जेसिजले आयोजना गर्न लागेको ‘मिस एसएलसी’मा भूकम्प, बाढि पहिरो, आगलागी जस्ता प्रकोपमा कसरी आफु बच्ने र अरुलाई बचाउने जस्ता बिषय केन्द्रीत गरिएको शमिस एसएलसी’का क्रियटिभ डाइरेक्टर शिवराज श्रेष्ठ बताउँछन् । एसएलसीपछि फुर्सदमा रहने किशोरीहरुलाई समाजप्रतिको उत्तरदायित्व र आफ्नो भविष्य सुन्दर बनाउन मिस एसएलसीलाई ज्ञानमुलक र सामाजिक कार्यमा सक्रिय बनाएको श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment