Comments Add Comment

‘धुर्मुस र सुन्तलीले’ आफैले बनाएको विद्यालयको उद्घाटन गरे

sitaram-and-kunjana-school-
नेपाल सरकारले सरसफाइ दूत नियुक्त गरेपछि सामाजिक कार्यमा सक्रिय रहेका कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को नेतृत्वमा नुवाकोटको ओखरपौवामा चर्पी र विद्यालयको नयाँ भवन तयार भएको छ ।

भुकम्पबाट प्रभावित नुवाकोटको ओखरपौवा गाविस वडा नम्बर ५ कुलेगाँउ र वडा नम्बर ६ ठुलेचित्रे गाँउमा ४० चर्पी र महाकाली निमावी ठुलेचित्रेको भत्किएको विद्यालयको ७ कोठे नयाँ भवन निर्माण भएको हो ।

‘राष्ट्र निमार्णमा सबै नेपाली एकजुट होऔँ’ भन्ने नारा सहित धुर्मुस र सुन्तलीको नेतृत्वमा कलाकारहरुको सहयोगमा निर्माण भएको विद्यालय भवनको वृहत कार्यक्रमको समारोहका बिच उद्घाटन गरिएको छ । आफैले बनाएको विद्यालय भवनको उद्घाटन सिताराम र कुञ्जनाले गरेका थिए ।  nuwakot-ko-school
विद्यालय उद्घाटन कार्यक्रममा धुर्मुस र सुन्तलीले २५० विद्यार्थीलाई कापी, कलम र झोला समेत वितरण गरेका छन् । कक्षा कोठामा पुगेर लगातार विद्यालय आउन समेत विद्यार्थीहरुलाई आग्रह गर्दै उनीहरुले कापी, कलम र झोला वितरण गरेका हुन् ।

धुर्मुसले कक्षा कोठामा पुगेर विद्यार्थीलाई टेलीश्रृङ्खला ‘मेरी बास्सै’मा झैँ खड्काजीको अभिनय गर्दै हसाँएर भुकम्प आँउदैन, अब देखि विद्यालय पढ्न  निरन्तर आउनु भन्दै विद्यार्थीलाई आग्रह गरेका थिए ।

‘चार दिनमा ४० चर्पी र ७ कोठे विद्यालय भवन निर्माण कलाकारसहित स्थानियको श्रमदानमा सम्पन्न गरियो, भुकम्प प्रभावित क्षेत्रका हरेक ठाँउमा स्थानिय जनसहभागिता सहित श्रमदान गर्ने हो भने मुलुक बन्न चार दिन मात्र लाग्नेछ’ धुर्मुुसले भने ।

‘मेरी वास्यै, भद्रगोल, सगुन डटकम, जेष्ट फाउण्डेसन’को सहयोगमा नुवाकोटको कुलेगाँउ र ठुलेचित्रेमा ४० वटा चर्पी र बाँसको भित्ताले बेरीएको टिनको छानाको ७ कोठे विद्यालय भवन निर्माण गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment