Comments Add Comment

काश्मिरी युवतीलाई लुगा दिइन् करिनाले

karina-kapooor

मुम्बई । नेपालका भूकम्प पीडितलाई केही नेपाली कलाकारले अस्थाइ घर बनाएर सहयोग गरिदिएको बेला बलिउड नायिकाले पनि सुटिङमा लगाएको सम्पूर्ण ड्रेस काश्मिीरी युवतिलाई दिएकी छिन् ।

हिन्दी फिल्म ‘बजरंगी भाइजान’ को सुटिङका लागि काश्मिर पुगेकी करिनाले कपुरले काश्मिरी शैलिका सम्पूर्ण लुगा र गहना स्थानिय युवतिलाई दिएकी छिन् ।

काश्मिरमा सुटिङ भएको बेला काश्मिरका युवतिहरु करिनालाई हेर्नका लागि सुटिङस्थल पुग्थे भने घण्टौ सेट बाहिर कुरेर बस्थे । सुटिङ सकिए लगत्तै करिना आफुलाई भेट्न आउनेलाई भेट्थिन् र उनीहरुसँग कुरा पनि गर्थिन ।

करिनाले पहिलो भेटमै सुटिङ सकिए लगत्तै सुटिङमा आफुले लगाएका सम्पूर्ण डे्रस दिन्छु भनेर वाचा गरेकी थिईन् । सोही कारण उनले सुटिङ सकिएको दिन आफ्ना सम्पूर्ण पोशाक वितरण गरिन् र मुम्बई फर्किईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment