Comments Add Comment

कोरियाको मिनी नेपाल, जहाँ नेपालीहरुको जमघट हुन्छ

सोल । कोरियाको  १२ / १४ घन्टे काम रात दिन नभनी काम गर्नुपर्ने बाध्यता हप्ताको एकदिन बिदा त्यही बिदालाई सदुपयोग गर्दै मे २४ तारिखको दिन कोरियाको राजधानी सोलस्थित दोङ्गदेमुन अर्थात कोरियाको मिनी नेपाल जहाँ नेपाली र कोरियन कविहरुको ठुलै जमघट थियो । यहाँ प्रायः नेपालीहरुको बग्रेल्ती जमघट हुने गर्दछ ।

korea ma nepalडीआर ईन्टरनेशनलको समारोह हल खचाखच भरिएको थियो । उक्त हलमा कविता सुनाउन मात्र हैन सून्नेहरुको पनि उत्तिकै लर्को देखियो । यसरी कविता सुन्ने र सुनाउने साईत जुराई दिएको थियो नेपाली साहित्य समाज दक्षिण कोरियाले ।

सन् २०१२ मा स्थापना भएको संस्थाले आफ्नो चौथो बार्षिकीको उपलक्ष्यमा स्मारिका प्रकाशन गरेर बिमोचन गर्दै थियो । स्मारिका कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाको बाहुलीवाट विमोचित भए पछि कोरियन कवि मंचमा झुल्किए र नेपालमा गएको विनाशकारी भुकम्पको प्रतिध्वनि स्वरुप गुन्जिए ।

माछापुच्छ्रे माथिका ताराहरु

फेवाताललाई टन्न भर्दै रोईरहेछन ……

उसै गरी नेपाली कवि रमेश सायेन मंच उभिएर

आमालाइ एकलै छाडेर किन हिँडेँ

ईश्वरलाइ किन टेरिनँ

धर्म किन मानिनँ

घर फर्केर किन जिन्दगी सम्हालिनँ ?

दिमाग उम्लियो

वाफ बनेन ………

korea ma nepal-2सुनाउँदा दर्शकदीर्घामा सन्नाटा छायो र केहीको आँखा टिलपिल गर्दै थियो ।

उसो त अर्का कोरियन कवि मुन येजिनले गत वर्ष अप्रिल १७ मा ४७७ जना चढेको सेवल नामक पानीजहाज दुर्घटना हुदा ज्यान गुमाउने ३०४ यात्रीको सम्झना गरे ।

ऐया ऐयाको स्वर ओकल्दै छ

समुन्द्रलाई पनि भिजाउने आँसु जस्तै

सुनाउँदा उपस्थित कोरियनहरु निकै भावुक देखिए । उसैगरी कविता सुनाउने क्रमलाई निरन्तरता दिए कोरियन कविहरु किम ह्यङ ह्यो , मुन छाङगील , किम ई ह्वा ,युन जुङमोक , किम ग्योसा , वाग जेउङ र नेपाली कविहरु प्रगति राई , प्रमोद सारंग ,  निश्चल काउचा , सयुद एकलव्य, मंजु रेग्मी, प्रविण राई, यज्ञमुर्ति पौडेल, अनिल शर्मा सुबेदी, केशव चापागाई, धनुजा राई. सुर्य खत्री ” घायल” , बिदुर शर्मा, श्रीराम तमु, पूर्वेली गाउले, अगमसिंह विकराल, सजनी याक्सो र झबिन्द्र बेल्वासेले पनि ।

–निश्चल काउचाबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment