Comments Add Comment

दुधकोशीमा बाढी आउँदा सोलुका बासिन्दा त्रसित

बाबुकाजी कार्की
१२ जेठ, सोलुखुम्बु । खुम्बु क्षेत्रको हिमनदी संगै दुधकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेपछि स्थानीय त्रसित भएका छन् । ल्होत्से र नुप्त्से हिमालबाट बगेर आउने हिमनदीको आकार नियमित भन्दा अस्वाभाविक रुपले बढेपछि छुकुङ, पाङबोचे, दिङबोचे क्षेत्रका बासिन्दा आतंकित बनेका हुन् ।

इम्जा हिमताल (फाइल तस्वीर)

  • इम्जा हिमताल (फाइल तस्वीर)

गएराति १० बजेतिर दुधकोशी नदीमा ठूलो आवाजका साथ धमिलो पानी बग्न थालेपछि उनीहरु रातारात अग्लो स्थानमा सरेका थिए । नदीको आकार गएराति नियमितभन्दा ३ गुणाले बढेको पाङबोचे गुम्बाका अध्यक्ष आङनुरु शेर्पाले जानकारी दिए ।

नदीको आकार एक्कासी बढेपछि स्थानीयले इम्जा हिमताल फुटेको आशंका गरेका थिए । तर, प्रमुख जिल्ला अधिकारी ढकालले इम्जा हिमताल नफुटेको बताए । अरु कुनै साना हिमताल फुटेको हुनसक्ने अनुमानमा अध्ययन अनुसन्धान अघि बढाइएको उनले बताए ।

‘इम्जामा पानी निक्कै कम छ, त्यो फुटेको होइन’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘अरु कुनै सानो हिमताल फुटेको चाहिँ हुनसक्छ । हामीले अध्ययन सुरु गरेका छौं ।’

दिङबोचेका होटल ब्यवसायी बरुङमिा शेर्पाका अनुसार छुकुङ गाउँभन्दा माथिका ल्होत्से र नुप्त्से हिमालका फेदमा स-साना हिमतालहरु दर्जनको संख्यामा छन् । ल्होत्से र नुप्त्से हिमालको ग्लेसियरले छुकुङ बस्ती केही बर्षदेखि कटान गरिरहदा उक्त गाउँ उच्च जोखिममा परेको छ ।

अहिले दुधकोशी नदीको पानी पुरानै सहतमा फर्किसकेको छ । रातारात घर छाडेर हिँडेकाहरु पनि बस्तीमा फर्किएका छन् ।

यो पनि पढ्नुस्

भूइँचालोले यस कारण फुटाएन हिमताल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment