Comments Add Comment

सुन्द्रावतीका पीडितलाई माताको सहयोग

sundrawati

१२ जेठ, काठमाडौं । भूकम्पको पछिल्लो केन्द्रविन्दू बनेको दोलखाको उत्तरी भेगमा रहेको सुन्द्रावतीका पीडितलाई भारतको एक महाशक्ति पीठकी माताले राहत सहयोग पठाएकी छन् ।

भारतको महाशक्ति पीठकी दिदी भनिने माता ऋतम्भराले पठाएको राहत सामाग्री स्थानीय सूर्य प्रसाद रेग्मीमार्फत गाविस सचिव गौरी ओलीलाई हस्तान्तरण गरिएको हो ।

भूकम्पले तहसनहस भएको सुन्द्रावतीका पिडितहरुका लागि सहयोग जुटाउने क्रममा माता ऋतम्भरा मार्फत राहत सामाग्रि लिइएको राहत व्यवस्थापनमा संयोजन गरेका युवा व्यवसायी सुुदिप कुमार रेग्मीले बताए ।

सुन्द्रावती गाविसमा ८ सय ९७ घरधुरी रहेको अवस्थामा २ वटा घरमात्र बस्न लायकका छन् । उक्त गाविसका अधिकाशं स्थानिय हाल टनेल र गोठमा बसिरहेका छन् ।

र रेग्मीले अब स्थानियवासीले बस्ने घर पुनर्निर्माण र पुर्नस्थापनमा लागिदिन आग्रह गरेको बताए । अबका दिनमा राहत भन्दा पनि अस्थाई पुर्नवासकै निम्ती सबै जुट्नुपर्ने देखिएको गाविस सचिव ओलीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment