Comments Add Comment

यू-१४ रिजनल फुटबलमा नेपालले ताजकिस्तानसँग बराबरी खेल्यो

U-14-Football-team

१२ जेठ, काठमाडौं । एएफसी यू-१४ रिजनल फुटबल फेस्टिबलमा नेपालले ताजकिस्तानसँग बराबरी खेलेको छ ।

घरेलु दुसाम्वेमा मंगलबार भएको खेलमा ताजकिस्तानले नेपालसँग २-२ को बराबरी खेल्यो । यससँगै रिजनल फेस्टिबलमा नेपाली किशोर टीम अपराजित रहृयो ।

खेलमा नेपालले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । १३ औं मिनेटमा मनिष थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

२० औं मिनेटमा अनिल महर्जनले विपक्षी टीमका गोलरक्षकलाई बिट गरेर पनि गोल गर्न चुके । ३४ औं मिनेटमा नितिन थापाले नेपालका लागि दोस्रो गोल गरे ।

तर, घरेलु टोलीले उत्कृष्ट कमब्याक गर्दै ४८ र ५२ औं मिनेटमा गोल गर्‍यो र खेल २-२ गोलको बराबरीमा सकिएको छ ।

एएफसी यू-१४ रिजनल फुटबल फेस्टिबलमा नेपालले पाकिस्तान र अफगानिस्तानलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment