Comments Add Comment

२० अंकले घट्यो नेप्से, सवा १६ करोडको कारोबार

१२ जेठ, काठमाडौं । भूकम्पपछिको तेस्रो कारोबारमा नेप्से २० अंकले घटेको छ । आइतबार २८ अंकले र सोमबार २९ अंकले घटेको नेप्से मंगलबार साढे २० अंकले घटेर परिसूचक ८ सय ६० अंकमा झरेको छ ।

nepse-index,-2072,-2,-11मंगलबार ६८ कम्पनीका ४ लाख ४४ हजार कित्ता सेयर १६ करोड २६ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो आइतबार र सोमबारको तुलनामा बढी हो ।

मंगलबारको कारोबारमा वाणिज्य बैंक समूहको सूचक ३५ अंकले, विकास बैंकको ९ अंकले, जलविद्युतको ५० अंकले, बीमा समूहको १२ अंकले र वित्त कम्पनी समुहको सूचक अढाई अंकले घटेको छ । यो दिन अन्य समूहको सूचक साढे २४ अंकले बढेको छ भने उत्पादनमूलक र व्यापार समूहको कारोबार नै भएन ।

भूकम्पले अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको र त्यसको असर सूचिकृत कम्पनीहरुको नाफामा पर्ने विश्लेषणका आधारमा नेप्से परिसूचक घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment