Comments Add Comment

साहरुखले सार्वजनिक गरे सलमानको चलचित्रको फस्ट लुक

srk-tweet
बलिउड नायक साहरुख खान समय-समयमा आफ्ना फ्यानहरुलाई अचम्मित बनाउन सिपालु छन् । ट्विटरमा पहिलो पटक भिडियोमा फ्यानलाई सम्बोधन गरेर होस् या चलचित्रका लागि प्याक्स बनाएर नै किन नहोस्, साहरुख फ्यानलाई सरप्राइज दिन सिपालु छन् ।

उनै साहरुखले फेरि आफ्ना मात्र होइन, अर्का नायक सलमान खानका फ्यानलाई पनि अचम्मित बनाइदिएका छन् । साहरुखले आफ्नो ट्विटर एकाउन्ट मार्फत सलमान खानको नयाँ चलचित्र ‘बजरंगी भाइजान’मा सलमानको लुक्स सार्वजनिक गरेका छन् ।

उनले सलमानको अनुहार नदेखिएको फस्ट लुक राख्दै लेखेका छन्-‘मलाई लाग्छ, एउटा हिरो हुनुभन्दा एउटा भाई हुनु ठूलो कुरा हो । ‘भाइजान’ यो इदमा आउँदैछ । यसको फस्ट लुक कस्तो लाग्यो ?’ साहरुखको यो ट्विटरले अहिले सामाजिक संजालमा हंगामा मच्चाएको छ ।

सलमान खानको चलचित्रको प्रचार साहरुख आफैले गरेपछि उनका फ्यान अचम्ममा पर्नु त नौलो कुरा भएन । तर, सलमान खानका फ्यान भने दंग परेका छन् । यसले साहरुख र सलमानको दुश्मनीलाई पूर्ण रुपमा विश्राम लगाएको चर्चित पत्रकार तरन आदर्शले ट्विट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment