Comments Add Comment

एभरेष्ट होटलमा ‘रातो स्टिकर’, तत्काल खाली गर्न निर्देशन

१२ जेठ, काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित पाँचतारे एभरेष्ट होटलमा सरकारी अनुगमन टोलीले ‘रातो स्टिकर’ टाँसेको छ । मंगलबार दिउँसो होटल निरिक्षणपश्चात टोलीले ‘रातो स्टिकर’ टाँसेको हो ।

761the_everest_hotel_kathmandu_building_1अनुगमनको क्रममा होटलमा बस्न खतरा देखेपछि रातो स्टिकर टाँसेको पर्यटन विभागका सिनियर डिभिजन इञ्जिनियर पोषनाथ अधिकारीले बताए । भूकम्पले होटलका तीनवटा मूख्य पिलरमा ठूलो क्षति पुगेको उनको भनाई छ ।

‘होटलको राम्रोसँग निरिक्षण गरेर मर्मत नगरेसम्म बस्न मिल्दैन,’ अधिकारीले भने- ‘होटल सञ्चालनका लागि रेक्ट्रोफिट वा अन्य प्रविधि अपनाएर मर्मत सम्भार गर्नुपर्ने देखिन्छ ।’

बस्न जोखिमपूर्ण भएपछि तत्काल होटल खाली गर्न निरिक्षण टोलीले व्यवस्थापनलार्इ निर्देशन दिएको छ । निरिक्षण टोलीले अनुगमनपछि रातो वा पँहेलो स्टिकर टाँसेपछि खतराको सूचक ठानेर स्वतः खाली गर्नुपर्ने अधिकारीको भनाई छ ।

वैशाख १२ गते गएको भूकम्पले होटलमा सामान्य क्षति पुगेको भन्दै हरियो स्टिकर टाँसिएको थियो । ‘तर, २९ गते गएको भूकम्पले होटलमा धेरै क्षति पुर्‍याएको देखियो,’ अधिकारीले भने- ‘व्यस्तताको कारण तत्काल निरिक्षण गर्न नपाउँदा रातो स्टिकर टाँस्न ढिला भयो ।’

होटलको भौतिक संरचनामा ठूलो क्षति पुगेपनि सरकारी टोलीले निरिक्षण नगर्दा अहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आएको थियो । नियमित हुँदै आएका कार्यक्रमहरु पनि होटलमा भइरहेका थिए । अहिले होटलमा केही विदेशी पर्यटकहरु बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment