Comments Add Comment

सिके राउत इटहरीबाट पक्राऊ

१२ जेठ, इटहरी । मधेसलाई छुट्टै राज्य बनाउनुपर्छ भन्दै हिँड्ने सिके राउत इटहरीबाट पक्राउ परेका छन् । राज्य विप्लवको मुद्दा खेपिसकेका राउतलाई मंगलबार दिउँसो साढे ३ बजे प्रहरीले पक्राउ गरेको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल सरकारको आदेशअनुसार उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक डिएसपी विनोदकुमार शर्माले बताए ।

इटहरीबाट प्रसारित एरीना टेलिभिजनमा दिउँसो साढे ३ बजेको अन्तरवार्ता दिन गएका उनलाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment