Comments Add Comment

क्षतिग्रस्त सम्पदा पर्यटकलाई जेठ ३२ देखि खुल्ला

TRC

१२ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले क्षतिग्रस्त ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु पर्यटकलाई जेठ ३२ गतेदेखि खुला गरिने भएको छ । पर्यटन पुनरुत्थान समिति र संस्कृति तथा पुरातत्व विदहरुको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु भूकम्पले क्षतिग्रस्त भएपछि पर्यटकलाई अवलोकनका लागि निषेध गरिएको थियो । जेठ ३२ गते विशेष कार्यक्रम अयोजना गरी सम्पदाहरु पर्यटकलाई खुल्ला गरेको र पुनर्निर्माणको काम औपचारिक रुपमा सुरु भएको जानकारी गराइने भएको छ ।

यसैगरी पुरातत्व विभागको समन्वयमा पर्यटन क्षेत्रका सरकारी तथा निजी संघसंस्थाका पदाधिकारी तथा कर्मचारीहरु सहभागी भएर सम्पदामा थुपि्रएको अवशेषहरु हटाएर अवलोकनका लागि व्यवस्थित बनाउने पनि बैठकमा सहमती भएको छ ।

सरकारी तथा निजी क्षेत्रको सहकार्यमा प्रतिष्ठित विदेशी सञ्चारकर्मी, टुर अपरेटरहरु, सेलिबि्रटीहरुलाई निमन्त्रणा गरेर पर्यटकीय सम्पदाहरुको परिचयात्मक भ्रमण गराई सकारात्मक सन्देश फैलाइने भएको छ ।

पर्यटन सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका सहसचिवहरु, पर्यटन विभागका महानिर्देशक, पुरातत्व विभागका बर्तमान एवं भूतपूर्व महानिर्देशकहरु, संस्कृति एवं पुरातत्व विदहरु, टान, पाटा नेपाल च्याप्टरका अध्यक्ष तथा पदाधिकारी, नेपाल पर्यटन बोर्डका सदस्यहरु, बोर्डका प्रशासकीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

भूकम्पपछि पर्यटनमा देखिएको शिथिलता कम गर्न सुधारका उपायहरु अवलम्बन गर्दे नेपाली पर्यटनलाई यथासिघ्र सामान्य अवस्थामा फर्काउन सरकारी र निजी क्षेत्रको सहभागीतामा पर्यटन पुनरुत्थान समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment