Comments Add Comment

हानको मन्त्री शेर्पालाई सुझाव : पर्यटन ब्यूँताउने काम सुरु गर्नुस्

HAN-with-Tourism-Minister-Kripasur-Sherpa-Final
१२ जेठ, काठमाडौं । नेपाल सुरक्षित गन्तव्य भएको सन्देश यथासिघ्र विश्वभर फैलाउनका लागि आवश्यक कदम चालिहाल्न होटल व्यवसायीहरुले पर्यटनमन्त्री कृपासुर शेर्पालाई आग्रह गरेको छ ।

होटल संघ नेपल (हान)को प्रतिनिधिमण्डलले मन्त्री शेर्पालाई भेटेर भूकम्पपछि विदेशी नियोगबाट जारी नेपाल असुरक्षित गन्तव्य झल्काउने प्रकारका ट्राभल एड्भाइजरीहरु तुरुन्त हटाउन सुझाव दिएको छ । नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्य रहेको संघको ठहर छ ।

संघले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति  र भाडामा सञ्चालन हुँदै आएका साना तथा मझौला होटलहरुको उत्थानका लागि विशेष पहल कदम चाल्न मन्त्री शेर्पालाई आग्रह गरेको छ ।

भूकम्पले साना तथा मझौला होटललाई ठूलो प्रभाव पारेको जानकारी गराउँदै सञ्चालनका लागि कठिनाई पर्ने संघले मन्त्रीलाई जानकारी गराएको छ । यी होटलहरु बन्द भएमा लाखौं रोजगारी तथा लगानी जोखिममा पर्नेतर्फ पनि संघले सचेत गराएको छ ।

मन्त्री शेर्पाले खर्बौं लगानी रहेको होटल पर्यटन उद्योगको प्रमुख आधारस्तम्भ भएको बताए । नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालिन योजनाहरु बनाएर अगाडि बढ्ने उनले आश्वासन दिए ।

होटल संघ नेपाललाई पर्यटन विकासका लागि बुँदागत रुपमा सुभावहरु दिन आग्रह गर्दै मन्त्री शेर्पाले समग्र पर्यटनको विकासका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

संघका अध्यक्ष बीके श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलमा महासचिव विनायक शाह, कोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठ, कार्यकारी सदस्यहरु प्रवीणबहादुर पाण्डे, विनोद शंकर श्रेष्ठ र कार्यकारी निर्देशक प्रवेश अर्याल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment