Comments Add Comment

गगन थापाले सुरू गरे १०० विद्यालय बनाउने अभियान

Gagan-thapa-100-School-project

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभासद गगन थापाले भूकम्प प्रभावित क्षेत्रहरूमा एक सय विद्यालय बनाउने अभियान सुरू गरेका छन् ।

अभियान नक्सालस्थित केन्द्रीय बहिरा उच्च मावि वाट सुरू भएको छ । थापाका अनुसार जेठ मसान्तभित्र एक सय विद्यालय अस्थायी रूपमा बनाइनेछ । ‘हजारौं विद्यालय क्षति भएको विद्यमान परिस्थितिमा १०० विद्यालयको हाम्रो अभियान निश्चय नै धेरै ठुलो होइन । तर, यो शुरुवात भने पक्कै हो’-सभासद थापाले भनेका छन् ।

२ दिने श्रमदानमा केन्द्रीय वहिरा उच्च माविको अस्थायी कक्षा कोठा निर्माण गरिएको छ । विद्यालय निर्माणमा काठमाडौं क्षेत्र नं ४ चुनिखेलका कालिगढहरू, यूवा ईन्जिनियरहरू, वाल कल्याण केन्द्रका स्वयंसेवक र अन्य यूवा साथीहरू सहित ५० भन्दा वढिको श्रमदान र विद्यालय परिवारको समेत संलग्नता थियो ।

अबका केहि दिन सिन्धुपाल्चोक, गोरखा, धादिङ, काभ्रे, रसुवा, रामेछाप, दोलखा र काठमाडौं उपत्यकामा बिद्यालय निर्माण गरिने कांग्स सभासद थापाले बताए । ‘अत्यन्त कमजोर अवस्थामा रहेका गाँउहरूमा प्राथमिकता दिनेछौं । विद्यालय, अविभावकसँग समन्वय गर्नेछौं’ उनले भने-आफूसँग सिप श्रम जे छ, जहाँ सकिन्छ यो अभियानमा सहभागि हुन र हातेमालो गर्न आग्रह गर्दछु’- उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment