Comments Add Comment

नेपाल र विश्व ११ को क्रिकेट अगष्ट ९ मा खेल्ने प्रस्ताव

Nordin-Abdullah-with-paras-khadka

१२ जेठ, काठमाडौं । मलेसिया क्रिकेट एशोसिएसनले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग जुटाउन किनरारा ओभलमा खेलाइने नेपाल र विश्व ११ को खेल अगष्ट ९ मा खेल्ने प्रस्ताव राखेको छ ।

तर, मिति तय भइसकेको छ । ‘अगष्ट ९ देखि १५ सम्ममा हुन्छ । धेरै सम्भावना अगष्ट ९ कै छ’ क्यानकी कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेले अनलाइनखबरसँग भनिन् ।

मलेसिया क्रिकेट एशोसिएशनका अध्यक्षसहितको टीम नेपाल भ्रमणमा छ । उनले खेलकुदमन्त्री पुरुषोतम पौडेल र कप्तान पारस खड्कासँग भेट गरेका छन् ।

मंगलबार क्यान र मलेसिया क्रिकेट एशोसिएशनबीच नेपाल र विश्व ११ को खेलसम्वन्धी एमओयूमा हस्ताक्षर समेत भएको छ । एमओयूमा क्यानकी सीइओ घिमिरे र अब्दुल्लाह हस्ताक्षर गरेका छन् ।

भूकम्प प्रभावित नेपालका आर्थिक सहयोग जुटाउन उद्धेश्यले मलेसियाको किनरारा ओभरमा ५० ओभरको ‘नेपाल अर्थक्वेक फण्डरेइजिङ म्याच’ गर्ने यसअघि नै सहमति भएको थियो ।

खेलका क्रममा फण्डरेइजिङ रिशेप्शन समेत राखिएको छ । जसमा तोकिएको शुल्य तिरेर सहभागी हुनेले नेपाली टोलीका सदस्यहरुसँग भेट गर्न पाउनेछन् । शूल्क भने तय भइसकेको छैन ।

खेल्न नपाएकोमा जयबर्दने दुःखी

नेपाली राष्ट्रिय टोलीविरुद्धको विश्व ११ मा श्रीलंकाका लेजेण्ड सनथ जयसूर्या र रोसन माहानामाले खेल्ने पक्का भइसकेको छ ।

अर्का लेजेन्ड माहेला जयबर्धनेले भने यो खेल खेल्न नपाएकोमा दुःख व्यक्त गरेका छन् । आफूले खेल्ने नपाए पनि ब्याट फर नेपाल अभियानलाई आफ्नो समर्थन रहने उनले बताएका छन् ।

साथै उनले अर्को खेलमा आफू सहभागी हुने बचन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment