Comments Add Comment

स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ देखि

१२ जेठ, काठमाडौं । विनाशकारी भूकम्पका कारण स्थगित भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षा जेठ ३१ देखि सन्चालन हुने भएको छ ।

Tribhuwan University

त्रिभुवन विश्वविद्यालयको परीक्षण नियन्त्रण बिभागको बैठकले जेठ ३१ देखि परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो । यसअघि जेठ १४ देखि हुने गरी परीक्षाको रुटिन प्रकाशित भएको थियो ।

उच्च माध्यमिक शिक्षा परिषदले यसअघिनै कक्षा १२ को जेठ २० देखि र कक्षा ११ को असार १ देखि परीक्षा सन्चालन गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै जेठ १७ देखि निजी तथा सार्वजनिक विद्यालयहरु सन्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ । भवन भत्किएका र चर्किएका ठाउँमा अस्थायी विद्यालय भवन निर्माण हुदैछन् ।

तत्काल विद्यार्थीलाई ठूला भवनका माथिल्लो तलामा लगेर पठन पाठन गर्ने अवस्था नरहेको र कतिपय भवनहरु भत्किएकाले टेन्टमा कक्षा चलाउने प्रयास भइरहेको हिसानका सचिव लोकवहादुर भण्डारीले बताए ।

उनले आफू सम्बद्ध जेभियर इन्टरनेशनल स्कूलले एक महिनासम्म विद्यार्थीलाई नो बुक, नो होमवर्कको नीति अनुसार मनोसाजिमक परामर्श र मनोरन्जन गराउदै पीडा भुलाउने पाठ्यक्रम बनाएको बताए ।

शिक्षक सेवा आयोगको परीक्षा सर्‍यो

यसैबीच भूकम्पका कारण शिक्षक सेवा आयोगको परीक्षा भने २ साता पछि सारिएको छ ।

आउँदो असार ११ गते हुने भनिएको माध्यमिक तहको परीक्षा असार २५ गतेलाई सारिएको छ । यस्तै असार १२ गते हुने भनिएको निम्नमाध्यमिक तहको परीक्षा असार २६ गतेलाई तोकिएको छ ।

असार १३ गतेलाई तय भएको अध्यापन अनुमति पत्रको माध्यमिक तहको परीक्षा भने असार २८ गते तोकिएको छ ।

यी सबै परीक्षा विहान ८ बजे.हुने शिक्षक सेवा आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment