Comments Add Comment

ठगीको आरोपमा लक्ष्मण थारु पक्राउ

१२ जेठ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु ठगीको आरोपमा पक्राउ परेका छन् ।

Laxman-tharuउनले पाल ल्याउन शेर्पा संघबाट ३० लाख रुपैयाँ बुझेका थिए । तर, पाल नल्याएपछि संघले गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा चलिरहेको छ । अदालतमा मुद्दा चलिरहँदा थारुले सोमबार त्रिपाल ल्याइदिएका छन् ।

महानगरीय प्रहरी वृत्त गौशलाका अनुसार पक्राउ थारुले सोमबार शेर्पा संघलाई पाल उपलब्ध गराएका छन् र दुबै पक्षबीच मिलापत्र भएको छ ।

तर, अदालतमा मुद्दा चलिरहेकाले थारु अहिले पनि प्रहरी हिरासतमा छन् । उनको मुद्धा बुधबार टुङ्गनिे सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment