Comments Add Comment

घरबार बीहिन ५९ परिवारलाई म्याक्स मिडियाको राहत

Max-Media-2
१२ जेठ, काठमाडौं । भूकम्प पीडित परिवारका लागि म्याक्स मिडियाले सञ्चालनमा ल्याएको ‘सानो छानो अभियान’ अन्तर्गत सिन्धुपाल्चोकको साँगाचोक छापाका ५९ घरधुरी लाभान्वित भएका छन् ।

भूकम्पले घरबार बीहिन भएका छापाबासीलाई म्याक्सले हुलासका रंगिन जस्तापाताको सानो घरसहित खाद्यान्न, लत्ताकपडा, म्याट, ब्ल्याङ्केट, झुल, महिलाका लागि आवश्यक पर्ने प्याड लगायतका सामाग्री प्रदान गरेको छ ।

यसका साथै प्राथमिक उपचारका सामाग्री, वालवालिकाका लागि लिटो, विद्यालय जानेहरूका लागि स्टेशनरी तथा खेलौना लगायतका सामाग्री पनि म्याक्स मिडियाले उपलब्ध गराएको छ ।

भूकम्पपछि त्रिपाल र खुल्ला आकासमुनी जीवन जिउन बाध्य भएका मानिसहरूलाई तत्कालिन रूपमा अस्थायी बसोबासको व्यवस्था मिलाई उनीहरूलाई केही समयका लागि खाद्यान्नको वन्दोवस्ती मिलाइएको म्याक्स मिडियाका प्रमूख कार्यकारी अधिकृत शविन शाक्यले बताए ।

जस्तापाता परिवार संख्याका आधारमा सानो परिवारलाई ६ पाता र ठूलो परिवारलाई १० पाता उपलब्ध गराइएको थियो । यसैगरी खाद्यान्न तथा लत्ताकपडाहरू परिवारका सदस्य संख्याका आधारमा समानुपातिकरूपमा त्यस गाउँमा सवै घरपरिवारलाई दुई महिनाकालागि पुग्नेगरी उपलल्ब्ध गराइएको छ ।

खाद्य सामाग्री अन्तर्गत चामल, तेल, दाल, नुन, चिउरा, दालमोठ, लगायतका समागि्र उपलब्ध गराइएको हो । यसका अलावा उपचार तथा सरसफाइ सामािग्र अन्तर्गत पियुस, सावुन, पानी शुद्धपार्ने प्युरिफाएर उपकरण लगायतका सामाग्री थिए ।

Max-Mediaहालसम्म पर्याप्त राहत सामाग्री पुग्न नसकेको सो गाउँमा म्याक्समिडिया, कार्यरत कर्मचारी र सानो छानो अभियानअन्तर्गत जम्मा भएको सहयोग समेतगरी करिव १० लाख रूपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको हो ।

आफ्नो सामाजित उत्तर दायित्व अभियानअन्तर्गत सानो छानो अभियान सञ्चालनमा ल्याएको म्याक्स मिडियाले छाप गाउँमा अवस्थित क्षतिग्रस्त सिर्जना कल्याण प्राथमिक विद्यालयको चार कोठे अस्थायी भवनसमेत निर्माण गरेको छ ।

सो विद्यालयमा छापगाउँका ४५ जना विद्यार्थी अध्ययनरत छन् । ती सवै विद्यार्थीकालागि स्टेशनरी तथा खेलकुदका समागि्र, विद्यालयको युनिर्फम, सेतोपाटी, मार्कर लगायतका सामािग्र उपलब्ध गराइएको थियो ।

राहत सामाग्री वितरण गर्नुभन्दा केही दिन अगावै त्यहाँ पुगेको म्याक्स मिडियाको टोलीले त्यहाँको अत्यावस्यकीय वस्तुको अध्ययन गरी आएको थियो । मिडिया सेवा प्रदायक कम्पनीका रूपमा रहेको म्याक्स मिडियाले समय समयमा यस यस किसिमको सामाजिक उत्तरदायित्व अभियान सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment