Comments Add Comment

भूकम्प पीडितलाई टेलियासोनेराको १० करोड सहयोग

१२ जेठ, काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले भूकम्प प्रभावित परिवारको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ ।

टेलियासोनेराका युरेशिया प्रेसिडेन्ट एरिक ह्यालबर्गले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेे ।

Ncell-Parent-Compeny

‘भूकम्पका कारण हुन गएको धनजनको क्षतीप्रति हामी धेरै दुःखी छौं, हाम्रो यो सहयोगले राहत तथा उद्दार कार्यमा थप मद्दत पुर्‍याउने विश्वास छ’ हृयालबर्गले भने- ‘हामी नेपाल सरकारलाई सहयोग प्रभावित परिवारमा पुग्ने सुनिश्चित गर्न पनि अनुरोध गर्दछौं ।’

वैशाख १२ को भूकम्पलगत्तै टेलियासोनेराले पीडितलाई दश लाख अमेरिकी डलरको सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो । साथै, एनसेलले पनि पुनर्निर्माणका लागि तीन बर्षमा १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।

‘देशको दीर्घकालीन लगानीकर्ता र प्रमुख मोबाइल सेवा प्रदायकको रुपमा टेलियासोनेरा र एनसेल नेपालको प्रगतिका लागि सधैं प्रतिबद्ध छौं’ उनले भने- ‘यस विशेष परिस्थितिमा तत्कालिन राहत र दिर्घकालिन पुनर्निर्माणमा हामी पनि सहयोगी हुनेछौं ।’

एनसेलले प्रदान गर्ने १ अर्ब रुपैयाँको पुनर्निर्माण सहयोग रकम कहाँ र कसरी खर्च गरिने भन्ने विषयमा छलफल सुरु गरेको एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलारले बताए ।

‘पुनर्निर्माण सहयोग रकम कहाँ र कसरी उपयोग गर्ने बारेमा कुनै निर्णय भईसकेको छैन । यति पक्का हो कि टेलियासोनेरा र एनसेलले दीर्घकालिन सोँच राखेर यसको सदुपयोग गर्नेछ’ टाईलानलारले भने ।

रकमको उत्कृष्ट सदुपयोगको लागि स्थानिय तथा अन्तर्राष्ट्रिय विषेशज्ञहरुसँग छलफल भै रहेको टाईलानलारले जानकारी दिए ।

वैशाख १२ को भूकम्प लगत्तै आफ्ना ग्राहकलाई सम्पर्क सुनिश्चित गर्न र राहत तथा उद्धार कार्यलाई सघाउन एनसेलले भुकम्पको पहिलो १० दिनसम्म १ अर्ब ६० करोड रुपैयाँ बराबरको निःशुल्क ब्यालेन्स तथा एसएमएस प्रदान गरेको थियो ।

प्राकृतिक विपतको समयमा एनसेल सँधै नै देशको सहयोगार्थ तत्पर रहँदै आएको छ । गत बर्ष पहिरो र बाढीले प्रभावित हजारौं परिवारको राहत र पुनःस्थापनाका लागि एनसेलले २० करोड रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment