Comments Add Comment

भूकम्पपीडितलाई राहत दिन ठूला व्यापारी मौन

१३ जेठ, काठमाडौं । भूकम्पको महाविनासले देशका लाखौं जनता घरबारविहीन र बेसहारा भएको बेला देशका प्रतिष्ठित व्यापारिक घरानियाहरूमध्ये धेरैले राहत र पुनर्निर्माणलाई बेवास्ता गरेका छन्। यसले भूकम्पपछिको राहत तथा पुनर्निर्माणका लागि सरकारसँगै देखिनुपर्ने निजी क्षेत्रको भूमिका कमजोर रूपमा प्रस्तुत भएको देखाएको छ।
Barpak-earthquake-center-of-nepal
मानवीय भावना भएका संसारका सेलिब्रेटीहरूले समेत राहतको काम गरिरहेका बेला देशका ठूला व्यापारिक क पनी चूपचाप देखिँदा अनेकौं प्रश्न उठेको अन्नपूर्ण पोस्टमा खबर छ ।

व्यावसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारसँग गर्नुपर्ने समन्वय शून्यझैं देखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी ठूला उद्यमीहरू मुलुकलाई अप्ठेरो परेको बेला अगाडि नदेखिनुमा सरकारसँगको समन्वयको अभाव देख्छन्।

‘निजी क्षेत्रका संस्थाहरूबीच पनि सहकार्य हुन सकेको देखिएन’, उनले भने, ‘निजी क्षेत्रले राहत तथा पुनर्निर्माणका लागि कसरी सहयोग गर्ने भन्नेमा सरकारले पनि निजी क्षेत्रको भूमिका देख्न सकेन।’

वैशाख १२ गतेपछिका भूकम्पपछि नेपालमा नाम चलेका केही व्यावसायिक समूहले सरकारको राहत कोष तथा व्यक्तिगत पहलमा राहत वितरण गरेको भए पनि अधिकांश व्यवसायी समूह गुमनामजस्तै छन्।

ठूला व्यापारीहरूले लाखौं जनताको पीडामा मौनता साधेर बसेको भन्दै विभिन्न क्षेत्रबाट प्रश्न उठेपछि केही उद्योगी बल्ल योजना बनाउन थालेको प्रतिक्रिया दिन थालेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष तथा मुरारका अर्गनाइजेसनका पशुपति मुरारका आफूहरू योजना बनाउन लागेको दाबी गर्छन्।  उनले आफ्नो व्यावसायिक क पनीबाट राहत घोषणा नगरे पनि उद्योग वाणिज्य महासंघबाट क्रियाशील भएको बताए। ‘हामी अहिले पुनर्निर्माणमा कसरी सहयोग गर्नेम्भन्ने योजना बनाउँदैछौ’, मुरारकाले भने, ‘प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म रकम जम्मा नगरे पनि महासंघबाट राहतको काम भइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment