Comments Add Comment

शैक्षिक संस्थाको क्षति अनुमानभन्दा बढी, पुनर्निर्माणमा २५ अर्ब लाग्ने

१३ जेठ, काठमाडौ । देशभरका सरकारी तथा सामुदायिक शैक्षिक संस्थामा भूकम्पले पर्याएको क्षति अनुमानभन्दा निकै बढी पाइएको छ ।
nuwakot-ko-school
शिक्षा मन्त्रालयका तथ्यांक अनुसार क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका लागि २५ अर्ब रुपैयाँभन्दा बढी लाग्ने देखिएको कारोबार दैनिकमा खबर छ ।

मन्त्रालयले आगामी आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन गर्ने भएको छ ।  मन्त्रालयका अनुसार ६ हजार ९ सय २ विद्यालयका करिब २४ हजार कक्षा कोठामा क्षति पुगेको छ ।  विद्यालयबाहेक प्राविधिक शिक्षालय र क्याम्पसमा पनि भूकम्पले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।

क्षतिग्रस्त विद्यालयमा अस्थायी टहरासहित भवन निर्माणका लािग मन्त्रालयले ६१ करोड रुपैयाँ निकासा गरिसकेको जनाएको छ ।

तत्काल विद्यालय सञ्चालनका लागि केही संघसंस्था र स्वयंसेवीले अस्थायी टहरा निर्माण गरिदिएको भए पनि सवैस्थानमा बस्नयोग्य अस्थायी टहरा र भवन निर्माणका लागि मन्त्रालयले रकम निकासा गरेको हो ।

वैशाख १२ र २९ गतेको भूकम्पपछि विद्यालय बन्द छन् । जेठ १७ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारीमा मन्त्रालय रहेको छ ।

क्षति पुगेका करिब १२ हजार कक्षाकोठा पुनमर्मतपछि तत्काल अध्ययन सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment