Comments Add Comment

विद्युत् क्षेत्रमा १५ अर्बको क्षति

१३ जेठ, काठमाडौं । गत वैशाख १२ गते आएको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण विद्युत् क्षेत्रमा करिब १५ अर्ब रुपैयाँबराबरको क्षति भएको छ।
electric
सरकारी र निजी क्षेत्रका विद्युत्गृह र निर्माणाधीन आयोजनाका संरचनासमेत गरी प्राधिकरणतर्फ १० अर्ब ६८ करोड र निजी क्षेत्रको पाँच अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक विवरणले देखाएको छ।

मंगलबार आयोजना भएको अन्तरसंवाद कार्यक्रममा प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्लेले वैशाख २९ गतेको भूकम्पका कारण प्राधिकरणको संरचानामा भएको क्षतिको मूल्यांकन हुन बाँकी रहेको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष खड्गबहादुर बिष्टले भोटेकोसी (४५ मेगावाट) सहित ४३ वटा आयोजनामा क्षति पुगेको जानकारी दिए।

भोटेकोसी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र प्रजापतिले भूकम्पका कारण भोटेकोसीको पेनस्टक पाइप फुटी विद्युत्गृह नै डुबानमा परेको र यसलाई मर्मत गरी पुन: बिजुली उत्पादन गर्न करिब एक वर्ष लाग्ने बताए। त्यस अवधिमा कम्पनीलाई साढे दुई करोड अमेरिकी डलर घाटा पर्नेसमेत उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment