Comments Add Comment

खोलामा हामफालेका थापा बेपत्ता

रविन भट्टराई

१३ जेठ, ताप्लेजुङ । तमोर नदीमा हामफालेर ताप्लेजुङका एक व्यक्ति बेपत्ता बनेका छन् ।

सोमबार तमोर नदिमा हामफालेर ताप्लेजुङको खोक्लिङका ५५ वर्षका बमबहादुर थापा बेपत्ता बनेका हुन् ।

बेपत्ता भएका थापा मादक पदार्थ सेवन गरेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी शान्तिराज कोईरालाले जानकारी दिए ।
बेपत्ता थापाको आफन्तको सहयोगमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment