Comments Add Comment

जर्मनीमा सहयोग उठाएर सिन्धुपाल्चोकमा राहत

सिन्धुपाल्चोक । विनाशकारी भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकमा विभिन्न संघसंस्थाहरुले राहत सामाग्री वितरण गर्ने क्रम जारी छ । यसैबीच जर्मनीमा अध्ययनरत सिन्धुपाल्चोक कदमवासका विद्यार्थीको अगुवाईमा संकलित रकमबाट सिन्धपाल्चोकका २ गाविसमा राहत वितरण गरिएको छ ।
Sindhupalchok-rahat
जर्मनीमा चिकित्सा विज्ञान अध्ययनरत सिन्धुपाल्चोककै बद्री गिरि र उनकी साथी सञ्जु श्रेष्ठले भूकम्प पीडितहरुलाई सहयोग गर्न अभियान चलाएका थिए । सो अभियानबाट उठेको ६ लाख १६ हजार रुपैयाँबाट ३ सय ५० बढी घरधुरीलाई राहत बाँडिएको हो । राहत वितरणको संयोजन स्थानीय ईन्द्रकुमार गिरि र कृष्ण गिरिले गरेका थिए । कदमवासका स्थानीय एवं समाजसेवी ईन्द्रकुमार गिरीका अनुसार जर्मनीमा संकलित रकमबाट प्रत्येक घर धुरीलाई ३० केजी चामल तथा दाल, नुन, तेल, चाउचाउ, सेनिटरी प्याड लगायतका सामाग्री उपलब्ध गराइएको हो ।

सो क्रममा राहत लिन जम्मा भएका स्थानीय भूकम्प पीडितहरुले राहतका लागि धन्यवाद दिदै आवासको व्यवस्थाका लागि पनि सहयोग गरिदिन आग्रह गरेका थिए । भूकम्पका कारण कदवास र सांगाचोक गाविसमा ९५ प्रतिशत घरहरु ध्वस्त भएका छन् भने सयौंको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment