Comments Add Comment

चितवनको यज्ञपुरीमा गोली चल्यो, एक घाइते

१३ जेठ, चितवन । चोरीको विगविगी रहेको चितवनको यज्ञपुरीमा मंगलबार राति गोली चलेको छ । चोरीका घटना बड्न नदिन गस्ती गरिरहेका युवाहरुलाई लक्षितगरी गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली लागेर स्थानीय राजन खड्का घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

गोली प्रहार गर्नेको पहिचान हुन नसकेको र उनको खोजी भईरहेको चितवन प्रहरीले जनाएको छ । घटनाको बारेमा जानकारी गराउन प्रहरीले दिउँसो पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

गस्तीमा रहेको युवा माथि गएराति ११ बजे यज्ञपुरीको पेन्सेन क्याम्प अगाडि गोली प्रहार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment