Comments Add Comment

दुबई जान अदालतबाट अनुमती पाए सलमानले

salman-court‘हिट एण्ड रन केस’मा मुम्बइको सेसन कोर्टले ५ बर्षको सजायँ सुनाएपनि बलिउड नायक सलमान खानलाई उच्च न्यायलयले जमानत दिएको थियो । तर, जमानत पाएपनि सलमानलाई देश बाहिर जान भने सजिलो छैन ।

उनले देश बाहिर जानका लागि उच्च न्यायलयबाट अनुमती लिनुपर्छ । मे २९ मा दुबइमा आयोजना हुन लागेको अबर इन्डो बलिउड अवार्डमा सहभागी हुनका लागि सलमानले अदालतसँग अनुमती मागेका थिए । करिब एक साता अघि गरिएको निवेदनमा अदालत सकारात्मक देखिएको छ ।

उच्च न्यायलयले सलमानलाई दुबई जानका लागि अनुमती दिएको हो । अब, सलमान दुबइमा आयोजना हुने अवार्डमा सहभागी हुन पाउनेछन् ।

सलमान २८ मेमा नै दुबई पुग्नेछन् । उनले २९ तारिखमा आयोजना हुने अवार्ड समारोहमा आफ्नो धमकेदरा प्रस्तुती दिन लागेका हुन् ।

अवार्ड दुबइको मेदान रेसकोर्समा हुनेछ । सलमानले अवार्ड समारोहमा सहभागी हुनका लागि आफ्ना फ्यानहरुलाई भिडियो मार्फत आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment