Comments Add Comment

साहरुखसँग काम गर्दा डर र उत्साह दुबै छः कृती मेनन

kriti sanon in heropanti

चलचित्र ‘हिरोपन्थी’बाट बलिउडमा डेब्यू गरेकी नायिका कृती मेननको भाग्य चाडै नै चम्किरहेको छ । उनी आफ्नो करिअरमा चाडै नै फड्को मार्ने तयारीमा छिन् । अहिले उनी रोहित सेट्टीको निर्देशनमा बनिरहेको चलचित्र ‘दिलवाले’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनी बरुण धवनको जोडीको रुपमा देखिदैछिन् ।

तर, उनै कृतीलाई भने कता कता डर लागेको छ । कारण, यो चलचित्रको मुख्य कलाकारको रुपमा बलिउड नायक साहरुख खान छन् । साहरुखसँग काम गर्न पाउँदा कृती आफूलाई भाग्यमानी ठान्छिन् । तर, उनको मनमा डर पनि छ ।

कृती भन्छिन्-‘म साहरुख सरको चलचित्र हेरेर हुर्किएकी हुँ । उहाँको ‘दिलवाले दुल्हनिया ले जायंगे’ मलाई सवैभन्दा मनपर्ने चलचित्र हो ।

उहाँको जस्तो रोमान्स अरु कसैले गर्न नै सक्दैन ।’ आफूले साहरुखसँग काम गर्न पाउँछु भनेर कहिल्यै नसोचेको कृतीको भनाई छ ।

रोहित सेट्टीले साहरुखको बारेमा बताएकाले पनि कृतीमा थोरै डर हटेको छ । साहरुखले यो चलचित्रको छायांकन सुरु गरेका छैनन् । उनको साथमा चलचित्रमा काजोल देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment