Comments Add Comment

बन्दुकधारीको आक्रमणमा मुस्किलले बचे लिबियाका प्रधानमन्त्री थानी

Abdullah-al-thinni

१३ जेठ, काठमाडौं । लिबियाका अन्तराष्ट्रिय मान्यता प्राप्त प्रधानमन्त्री अब्दुल्ला अल थानी एक आक्रमणमा मुस्किलले बचेका छन् ।

राजधानी टोबुर्कमा प्रधानमन्त्रीको कारमाथि बन्दुकधारीहरुले आक्रमण गरेका हुन् । एक सरकारी प्रवक्ताका अनुसार संसदको बैठकपछि फर्कने क्रममा आक्रमण भएको थियो ।

आक्रमणमा एक अंगरक्षक घाइते भएका छन् । घटनापछि अल अरेबिया टीभीसँग कुरा गर्दै थानीले आफू मुस्किलले बचेको बताएका छन् ।

सन् २०११ मा कर्नल गद्दाफी अपदस्त भएपछि लिबिया अशान्त बनेको छ । मिलिसियाले २०१४ मा राजधानी त्रिपोलीबाट निकालेपछि थानीले टोबुर्कबाट देश चलाउने कोसिस गरेका छन् ।

त्रिपोलीमा लिबियाको बैधानिक सरकार भएको दाबी गर्दै एक समूहले थानी सरकारलाई चुनौती दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment