Comments Add Comment

आँधीहुरीले बास उडाएपछि गाउँ पुगेका स्वयंसेवकको बिजोग

१३ जेठ, काठमाडौं । भूकम्प अति प्रभावित जिल्लाका ५१ निर्वाचन क्षेत्रमा १० हजार स्वयंसेवक परिचालन गरेको नेकपा एमालेले दुई दिनभित्रमा तीन सय भन्दा बढि अस्थायी घर र केही अस्थायी विद्यालय भवन निर्माण गरेको जनाएको छ ।
स्वयंसेवकहरु बसेको पाल सोमवार र मंगलवार रातिको आधिहुरीले तथा वषर्ाले च्यातिएपछि कष्ठकर अवस्थामा पनि उच्च मनोबलका साथ जनताको सेवामा खटिएको एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले विज्ञप्ति मार्फत जनाएका छन् ।

UML-Uddar

रसुवा, सिन्धुपाल्चोक र नाङ्लेभारे, काठमाडौंमा स्वयंसवकहरुका अस्थायी शिविर क्षतिग्रस्त भएकाले नयाँ बन्दोवस्त मिलाउनु परेको एमालेले जनाएको छ ।

भक्तपूरको महामञ्जुश्री नगरपालिका स्थित बागेश्वरीमा १० वटा टहरा निर्माण गरिएको एमालेले जनाएको छ ।  त्यस्तै केही धराप घर भत्काउदा विष्णुप्रसाद काˆलेको घरबाट महत्वपूर्ण सामग्री र धनसम्पत्ति निकालेर जिम्मा लगाइएको छ ।

ललितपूरमा एमालेले बुङ्गमति नगरपालिका २ र ६ मा श्याम महर्जन, कालु महर्जन, बुलाल महर्जन, प्रकाश तुलाधर, पशुपति तुलाधर, राम तुलाधर र बेखा महर्जनका ७ वटा टहरा बनाइदिएका छन् । पूर्व वडा अध्यक्ष रत्नमुनि बज्राचार्य, यज्ञरत्न शाक्य र रामकृष्ण तुलाधर लगायत ७ जनाका भत्किएका घरको भग्नावशेष व्यवस्थापन गरिएको विज्ञप्तिमा उल्लेख ।

दोलखाको मैनापोखरी काभ्रेस्थित हनुमन्तेश्वर उच्च माविको भवन भत्केकाले एमालेका स्वयंसेवकहरु चारवटा अस्थायी कोठा निर्माणमा जुटेका छन् । छन् । त्यस्तै भूमि मावि भवन र गाविस कार्यालयको पुनः निर्माण सकिएको छ ।

सबै ठाउँमा दश दश जनाको टोली बनाएर धराप घरहरु भत्काएर सामान निकाल्ने, विद्यालय भवन बनाउने र अस्थायी घर बनाउने काम भइरहेको छ

सिन्धुपाल्चोक क्षेत्र नं. २ मा पुगेका राप्ती अन्चलका एमाले कार्यकर्ताले २ दिनमा १० वटा घर-टहरा मर्मत गरेको छ भने १५ वटा नयाँ टहरा निर्माण गरेका छन् । सो टोली नेपाली काँग्रेसका इकाई सभापति इच्छाराज दंगालको घर-टहरासमेत निर्माण गरेको छ । साथै, सबैजसो दलित, एकल महिला र बिपन्न परिवारका निम्ति घर-टहरा निर्माण गरिएको छ ।

रामेछापको ठूलीमदौमा एमालेका स्वयंसेवकले कालिका निमावि भवन निर्माण शुरु गरेका छन् भने पकरवासमा भिमेश्वर रुद्र उच्च माविको अस्थायी भवन बनाउन थालिएको छ । प्रायः सबै ठाउँमा दश दश जनाको टोली बनाएर धराप घरहरु भत्काएर सामान निकाल्ने, विद्यालय भवन बनाउने र अस्थायी घर बनाउने काम भइरहेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए ।

भक्तपूर क्षेत्र नम्बर २ तीन सय अस्थायी घर बनाएर मंगलवारमात्रै स्थानीय जनतालाई हस्तान्तरण गरिएको उद्योगमन्त्री महेश बस्नेतले बताए । ती टहर युवा संघका स्वयंसेवकले बनाएका हुन् ।

जनता आफैं श्रममा खटिएकाले स्वयंसेवकहरुलाई काम गर्न उत्साह भरिएको रामेछाप पुगेका एमाले उपमहासचिव घनश्याम भुषालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment