Comments Add Comment

११ लाख मौरीले जिउ ढाकेर विश्वकिर्तिमान (फोटो फिचरसहित)

mauri (1)

किर्तिमान कायम गर्नका लागि मानिसहरु यस्ता यस्ता काम गर्छन् की जसको बारेमा सुन्दैमा जो कोहीलाई पनि आश्चर्य तथा डर लाग्छ । यस्तै मध्येका एकजना मानिस चीनमा छन् जसले लाखौँ मौरीलाई आफ्नो जिउमा बसालेर विश्वकिर्तिमान कायम गरेका छन् ।

चीनका एकजना मौरी पालक किसान गाओ बिंगुओले आफ्नो सरीरमा १ सय ९ किलो ५ सय ग्राम मौरी बसालेर विश्वकिर्तिमान कायम गरे । यति धेरै तौल कायम गर्नका लागि उनले ११ लाख मौरीलाई एकसाथ आफ्नो जिउमा बसालेका थिए ।

अघिल्लो वर्ष उनले आफ्नो जिउमा हजारौँ मौरीलाई बसालेर किर्तिमान कायम गरेका थिए । त्यतिबेला मौरीको तौल ३२.६ किलो थियो । तर यो पटक भने लाखौँ मौरीलाई आफ्नो जिउमा बसाले र १ सय ९ किलो भन्दा बढि तौलका मौरीको बथानले जिउ ढाके ।

mauri (4)

५५ वर्षीय गाओ ले जिउमा १ सय ९ किलो मौरी बसाउनका लागि कैयन् पटक प्रयास गरेका रहेछन् । उनले यसका लागि ६० पटक अभ्यास गरेका थिए ।
गिनिज बुकमा नाम लेखाउनका लागि जिउमा मौरी बसाउने कार्यक्रम दाइयुइ जिल्लामा आयोजना गरिएको थियो । जहाँ मौरी भरिएका ३० वटा घार लिएर २० जना मौरीपालक आएका थिए ।

गाओले सुरुमा आफ्नो जिउमा झण्डै एक दर्जन रानी मौरी बसालेर अन्य मौरीलाई आकषिर्त गरेका थिए । झण्डै तिन घण्टामा उनले जिउ पूरै मौरीले लछप्पै ढाकियो ।

मौरीले जिउ ढाकिएपछि उनी कुनै भिरमौरीको गोलो जस्तै देखिएका थिए । मौरीमुनि मान्छे छ भन्ने कुरा थाहा पाउने एउटा मात्र सुत्र थियो, उनको ओँठमा चेँपिएको चुरोट । चुरोट सल्किएका कारण मुखको भागमा भने मौरी बसेका थिएनन् ।

mauri (2)

mauri (3)

mauri (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment