Comments Add Comment

म्याग्दीका हजार घरधुरी पहिरोको उच्च जोखिममा

१३ जेठ, म्याग्दी ।भूकम्प र त्यसपछिको पराकम्पनबाट म्याग्दीका १४ गाविसका हजार घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।
myagdi_district
जिल्ला भूसंरक्षण कार्यालयले गरेको एक अध्ययनअनुसार गुर्जा, मुदी, लुलाङ, बेगखोला, निस्कोट, पात्लेखेत, भुरुङतातोपानी, नारच्याङ, कुइनेमङ्गले, पुलाचौर, ओखरबोट, पाखापानी, भकिम्ली र बरङ्जा गाविसका एकहजार घरधुरी जोखिममा परेका हुन् ।

वर्षा सुरु नहुँदै पहिरो जान थालेकाले समयमै सर्तकता अपनाउनुपर्ने जिल्ला भूसंरक्षण अधिकृत दीवाकर पौडेलले बताए ।पहिरोको उच्च जोखिम रहेका स्थानमा पूर्वसतकता अपनाउन सकेमा मात्रै मानवीय क्षति हुनबाट जोगिन सकिने भएकाले पहिरोको जोखिमयुक्त क्षेत्रमा यसबारे सचेत गराइएको पाैडेलले बताए ।

भिरालो ठाउँमा भूमिगत पानीका मुहान, राहुघाट, कालीगण्डकी र म्याग्दी नदी गहिरिँदै जानु र अवैज्ञानिक तवरले खनिने सडकका कारण म्याग्दी जिल्लालाई पहिरोको दृष्टिले देशकै जोखिमयुक्त क्षेत्रमा राखिएको छ ।

दुई नदीको किनारमा अवस्थित बेनीबजार देशकै पाँचौ जोखिमयुक्त सदरमुकामभित्र पर्छ ।

पुलाचौरको चिप्लेटी, पात्लेखेतको बान्द्रेखाल्टा, निस्कोटको निस्कोट गाउँ, भकिम्लीको तोराखेत, बरङ्जाको वडा नं १, २ र ३, कुइनेमङ्गलेको वडा नं १, २, ३, ४ र ५ मा निरन्तर पहिरो जाँदा त्यहाँका बस्ती पनि जोखिममा छन् ।

वर्षायाममा जिल्लामा बाढीपहिरोको प्रकोप नै आउन खतरा बढेकाले सर्तक हुनुपर्ने जिल्ला प्राविधिक कार्यालय इन्जिनियर हर्ष गुरुङले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment