Comments Add Comment

उफ् गर्मी ! दिल्ली र दिपायलको तापक्रम उस्तै

Umbrella

  • विराटनगरमा गर्मी बढेपछि छाता ओढेर हिँडेकी किशोरी । तस्वीर : ध्रुव भट्टराई/अनलाइनखबर

१३ जेठ, काठमाडौ । भारतमा अत्यधिक गर्मीका कारण एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि दिल्लीकै हाराहारीमा तापक्रम बढेको छ । तीन दिनयता काठमाडौंमा समेत ह्वात्तै गर्मी बढेको छ ।

भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ४५ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । नेपालमा पनि दिपायलको तापक्रम ४३ दशमलव २ डिग्री पुगेको छ । दिपायल र दिल्लीको तापक्रम २ डिग्रीमात्रै फरक छ ।

Nepalganj-Garmi

  • बाँकेको नेपालगञ्जमा गर्मी बढेपछि चिसो पेय पदार्थ खाँदै गरेकाहरु । तस्वीर : आरपी सुवेदी/अनलाइनखबर

भारतमा जस्तै नेपालको तराई क्षेत्रमा गर्मी बढेको छ । नेपालगञ्जमा २४ घण्टायता ४० दशमलव ३ डिग्री अधिकतम ताप पुगेको छ । धनगढीमा ३९ दशमलव ९, भैहवामा ३७.४ र दाङमा ३७ दशमलव २ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

यस्तै, सिमराको अधिकतम तापक्रम ३६.५ पुगेको छ । बिराटनगरमा पानी परेका कारण तापक्रम केही कमी आएको छ । जल तथा मौसम विज्ञान विभागका प्राविधिक सुमन भट्टराईका अनुसार विराटनगरमा मंगलवारको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ । विराटनगरमा मंगलबार ७.५ मिलिमिटर पानी परेको थियो ।

तराईका जिल्लामा गर्मी बढेपछि तातो हावाका कारण लु लाग्ने सम्भावना बढेको भन्दै स्थानीयवासी आत्तिएका छन् ।

Swiming-At-Bhairahawa

  • गर्मी छल्न स्वीमिङ पुलमा पौडी खेल्दै भैरहवाबासी । तस्वीर : सलमान खान/अनलाइनखबर

काठमाडौमा पनि गर्मी बढ्यो

तराईका जिल्लाहरुको तुलनामा शीतल मानिने काठमाडौं उपत्यकामा पनि केही दिनयता गर्मी बढेको छ । काठमाडौमा मंगलवार ३१ दशमलव २ डिग्रीसम्म तापक्रम थियो भने बुधवार बिहान २८ डिग्री रहेको छ ।

गर्मी बढेसँगै काठमाडौंमा मंगलबार राति केही वर्षा भयो, जसले केही शीतल महसुस गराएको छ ।

राजधानीमा ३ मिलिलिटर पानी परेको छ भने ताप्लेजुङमा सबैभन्दा बढी २८ मिलिटिर वषर्ा भएको छ ।

नेपालगञ्जमा १ मिलिलिटर वर्षा भएको छ भने धनकुटामा ८, पोखरामा छ र हुम्लामा ९ मिलिलिटर वर्षा भएको छ ।

तर, तराई मधेसमा वर्षा नभएका कारण उधुम गर्मीले सताउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment