Comments Add Comment

काँग्रेसको कोषमा १८ लाख थप

१३ जेठ, काठमाडौँ । नेपाली काँग्रेसको भूकम्पपीडित राहत कोषमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घले झन्डै साढे १९ लाख जम्मा गरेको छ ।

Nepali_congressनेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई सङ्घको तर्फबाट रु १९ लाख ५७ हजार ६११ को चेक बुधबार हस्तान्तरण गरिएको सङ्घका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए ।

सङ्घमा आबद्ध प्राध्यापकहरुले स्वतःस्फूर्त रुपमा दिएको रकम सङ्कलन गरेर कोषमा जम्मा गरिएको पोख्रेलले जानकारी दिए ।

काँग्रेसको कोषमा अहिलेसम्म झन्डै एक करोड ५० लाख रूपैयाँ जम्मा भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कोषमा पार्टीका तर्फबाट मात्रै ७५ लाख रूपैयाँ जम्मा गरेको थियो ।

कोषमा रकम जम्मा हुने क्रम जारी रहेको र कोषमा जम्मा भएका सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने गरिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment