Comments Add Comment

कलाकार र नेता फुटबल खेल्ने, दर्शक ल्याएर देखाउन कोमल वलीको नेतालाई चुनौती

naya patirka pressmeet
नयाँ पत्रिकाको आयोजनामा जेठ २३ गते हल चोकका फुटबल मैदानमा नेपालका राष्ट्रिय स्तरका कलाकार र राजनीतिक दलका नेताहरुको मैत्रिपूर्ण फुटबल खेल हुने भएको छ । भूकम्प पीडितहरुका लागि सहयोग गर्ने उद्देश्यले नयाँ पत्रिकाले यो खेलको आयोजना गर्न लागेको हो ।

यस्तै, जेठ २६ गतेबाट देशभरका विभिन्न स्थानमा ‘मेचीकाली हाँस्यव्यङ्ग्य सांगीतिक कार्यक्रम’को पनि आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

फुटबल खेलमा राष्ट्रपति, प्रधानमन्त्री, दलका शिर्ष नेता र मन्त्रीहरुलाई निमन्त्रणा गरिएको छ । नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटाले प्रधानमन्त्री सुशिल कोइरालालाई पनि काउन्टरमा बसेर केही समय टिकट बेचिदिन आग्रह गरे ।

‘पूननिर्माण जागरणका लागि कलाकार र नयाँ पत्रिका’ भन्ने मुल नाराका साथ फुटबल र सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको छ । देशका चर्चित १२ जना हाँस्य कलाकार र गायक-गायिकाको साथमा सांगीतिक यात्रा गर्न लागिएको हो ।press meet (7)

पूर्वको काँकडभिट्टाबाट सुरु भएको सांगीतिक यात्रा काठमाण्डौमा आएर असार ३ गते टुङ्गिनेछ । फुटबल र सांगीतिक यात्राबाट उठेको सम्पूर्ण रकम सरकारसँगको समन्वयमा भुकम्प प्रभावित क्षेत्रको पूननिर्माणमा खर्च गरिनेछ ।

कार्यक्रममा कलाकारहरुको तर्फबाट अशोक शर्मा, जितु नेपाल, सिताराम कट्टेल, किरण केसी, कोमल वली लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै गायिका कोमल वलीले फुटबलमा कलाकारको हुटिङ बढी हुने या नेताको भन्दै चुनौती दिइन् । उनले कार्यक्रममा उपस्थित एमाओवादीका नेता बर्षमान पुन र एमालेका नेता रविन्द्र अधिकारीसँग भनिन्-‘तपाई हामीहरुलाई धेरै गोल हान्नुहोस् ।

तर हामीलाई पैसा चाहियो ।’ हाँस्य कलाका जितु नेपालले कलाकारहरु अलग भएर काम गर्नुभन्दा एक भएर काम गर्नुपर्ने औलाए । उनले जे  जस्तो पीडा भयो त्यो विर्सिएर अब एकसाथ देश विकासमा लाग्नुपर्ने बताए ।
फुटबल खेलमा सहभागी भएर यो अभियानलाई साथ दिन कलाकार र नेताले दर्शकसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment