Comments Add Comment

‘भीआइपी’को तेल खर्च कटौती गर्न पूर्वअर्थमन्त्रीको माग

Barshaman, Rabindra and Gagan, Naya patrika

१३ जेठ, काठमाडौं । विपतका बेलामा सरकारले काम गर्न सक्दैन नभन्न नेपाली कांग्रेसका युवा नेता गगन थापाले आग्रह गरेका छन् । तर, सरकारलाई खबरदारी चाहिँ गर्नुपर्ने थापाको आग्रह छ ।

एमाओवादी नेता वर्षमान पुनले चाँहि राष्ट्रपति र प्रधानमन्त्रीले तेल खर्च कटौती गर्नुपर्ने बताएका छन् । एमाले नेता रविन्द्र अधिकारीले सरकारको मात्रै भर नपरी आफ्नो गाउँ आफैं बनाउनुपर्ने बताएका छन् । सरकारले गर्न नै सक्दैन भने देश यो विपतबाट बाहिर आउन नसक्ने कांग्रेस नेता थापाको तर्क छ ।

नयाँ पत्रिकाको आयोजनामा हुन लागेको नेता र कलाकार वीचको मैत्रीपूर्ण फूटबलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा गगनले सरकारलाई खबरदारी गर्न कलाकारसँग आग्रह गरे ।

कार्यक्रममा एमाओवादी नेता एवं पूर्वअर्थमन्त्री पुनले भूकम्प गएपछि राज्यका संयन्त्र भन्दा पनि स्थानीय जनता आफै जुटेकाले प्रभावकारी रुपमा काम भएको दाबी गरे । उनले राज्यसँग आफै स्रोत र साधन भएको बताउँदै त्यसलाई पहिचान गर्न सक्नुपर्ने बताए ।

पुनले भने-‘राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेता र मन्त्रीको महिनाको ३० लिटर मात्र तेल कम गर्ने हो भने पनि थुप्रै रकम बच्नेछ ।’ उनले देशको विकास खर्च वर्षमा २५ प्रतिशत खर्च नहुने भन्दै त्यसलाई पनि पुनःनिर्माणमा खर्च गर्न आग्रह गरे । विश्व बैंकसँग लिइएको ऋणको एक वर्षको ब्याज मिनाहा गरौं भनेर आग्रह गर्ने हो भने ३० अर्ब बच्ने उनको भनाइ थियो ।

नेकपा एमालेका नेता रविन्द्र अधिकारीले विपत्तीलाई एकसाथ सामना गर्नुपर्ने बताए । उनले विपतीपछि धेरै देशले विकास गरेको बताउँदै एकसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो गाउँ आफै मिलेर बनाउन सकिन्छ भन्ने शैलीमा जानुपर्ने र सबै कुरा सरकारले नै गर्नुपर्छ भन्ने सोचले देशलाई कमजोर बनाउने अधिकारीको भनाइ थियो ।

नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटाले दिएको जानकारी अनुसार जेठ २३ गते राजनीतिक दलका नेता र कलाकारवीच फुटबल खेल आयोजना हुनेछ ।

खेलबाट उठेको सम्पूर्ण रकम भूकम्प पीडितका लागि सहयोग गर्ने देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment