Comments Add Comment

ग्लोबल आइएमई बैंक बैतडीको पाटनमा

Global-IME-Bank-now-at-Bait

१३ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा ग्लोबल आइएमई बैंकले बुधबारदेखि बैतडीको पाटन नगरपालिकामा एक्सटेन्सन काउण्टर सेवा सुरु गरेको छ । बैतडी जिल्लाको पाटनमा खोलिएको एक्सटेन्सन काउण्टरको पाटन नगरपालीकाका कार्यकारी अधिकृत दशरथ ओडले उदघाटन गरे ।

बैतडीको सदरमुकामदेखि ४० किलोमिटर टाढा रहेको पाटन नगरपालीकामा यसअघि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवाद्वारा सेवा प्रदान गर्दै आइरहेको थियो । स्थानीउयको बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले थप सुबिधा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टर सेवा बिस्तार गरेको हो ।

एक्सटेन्सन काउण्टर उदघाटन कार्यक्रममा ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत द्रिपुधोज अधिकारी तथा सक्षम कार्यक्रमका समूह प्रमुख बलजित बोहराको समेत उपस्थिति थियो ।

सोही अवसरमा बैंकले बित्तिय साक्षरता जगाउने उद्देश्यले रेमिट्यान्स, कर्जा लगानी तथा बचत सेवाबारे अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment